मंगलबार, साउन २६, २०८३

चित्त दुखाई थाती राख्न प्रधानमन्त्री ओलीको आग्रह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले कतिपय चित्त दुखाईको विषयलाई पनि थाँति राखेर राष्ट्र निर्माण गर्ने अभियानमा जुटन सबैलाई आह्वान गरे।

बुधबार कलंकीस्थित मालपोत कार्यालयलाई ‘नमूना मालपोत कार्यालय’ घोषणा गर्दै प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगबाट मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार लागि परेको उल्लेख गर्दै त्यस अभियानमा सबैको साथ र सहयोग जरुरी रहेको पनि बताए। 

उनले मुलुकमा रहेको वन, जंगललगायतका स्रोतहरुलाई प्रविधिको प्रयोग गरेर विकास गरी मुलुकमा एक करोड बढि पर्यटक भित्र्याउने सम्भावना रहेको दावी पनि गरे। त्यसका लागि प्रविधिको प्रयोग गरेर विकासको प्रयासलाई अघि बढाउने सरकारको अभियानमा सबैले सहयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ। 

प्रधानमन्त्री ओलीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ मा २० लाख पर्यटक भित्र्याउन प्रयास गरिरहनु परेको उल्लेख गर्दै यहाँको प्राकृतिक स्रोतहरुको विकास गरी सरकारले एक करोड बढि पर्यटक भित्रयाउन सक्ने सम्भावना रहेको पनि उल्लेख गरे।

प्रधानमन्त्री ओलीले २ वर्ष भित्र देशका सबै मालपोत कार्यालयहरुलाई प्रविधिमैत्री बनाउने घोषणा पनि गरे। कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले सेवाग्राहीहरुलाई सहज ढंगले सेवा पुर्याउने गरी कलंकी मालपोत कार्यालयलाई नमूना मालपोत कार्यालयको रुपमा विकास गरिएको बताए। उनले २ वर्षभित्र सबै स्थानीय तहहरुमा पनि प्रविधिले युक्त मालपोत कार्यालयहरुको विकास गर्ने योजना पनि सुनाए।

मन्त्री अर्यालले जग्गाको कारोबारलाई व्यवस्थित बनाउन सो कार्यालयलाई प्रविधिले युक्त कार्यालयको रुपमा विकास गरिएको पनि स्पष्ट पारे।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।