काठमाडौ - हयात रिजेन्सी होटल पुन: सुचारु भएको छ। होटलमा कार्यरत रहेका मजदुरहरुको संगठन अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघले आन्दोलन फिर्ता लिएपछि हयात होटल पुन सुचारु भएको हो।
संघका अध्यक्ष मुक्ती दाहालका अनुसार श्रम तथा रोजगार कार्यालयले व्यवस्थापनसँग मध्यस्तता गरी मजदुरको सम्पूर्ण माग सम्बोधन गर्ने भनेर आश्वस्त पारेपछि संघले आन्दोलन फिर्ता लिएको हो।
दाहालले आफूहरुले सरकारी निकायलाई विश्वास गरेका कारण आन्दोलन फिर्ता लिएर काममा फर्किएको जानकारी दिए। मजदुरहरुले आन्दोलन फिर्ता लिएपछि व्यवस्थापन पक्षले होटल खोलेको छ भने बिहीबारदेखि पर्यटकहरुका लागि बुकिङ पनि खुल्ला गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४