मंगलबार, साउन २६, २०८३

राजपाले दियो चौथौ मधेश आन्दोलनको चेतावनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – राष्ट्रिय जनता पार्टीले चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई चेतावनी दिएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधान संसोधन, लाल आयोग प्रतिवेदन सार्वजनिक, लोकसेवा आयोगको विज्ञापन रद्द लगायतका माग गर्दे आएपनि सरकारले नसुनेको भन्दै चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई सचेत गराए।

कर्णले सरकारले रोष्टम घेराउ गरेपछि मात्रै बोल्ने असंसदीय पद्धति बसाएको आरोप लगाए। उनले भने, 'सरकार कुन बेला बोल्ने ? रोष्टम घेरेपछि मात्रै बोल्ने सरकारले एउटा सिस्टम बसाईराखेको रहेछ। संख्यागत रुपमा हामी जति भएपनि रोष्टम घेर्नका लागि हामी डराएको होइन। संस्कृति नबसोस्। संसद सुचारु रहोस्।  सुचारु रुपमा चलोस् भन्ने संसदीय मर्यादाको पालन गर्या हो। सरकार यसै ढंगले जाने हो भने संसद अवरोध हुन्छ । हामी पनि रोष्टम घेराउ गर्छौं। '

उनले संविधान विपरित लोकसेवा आयोगको विज्ञापन निकालेर सरकारले मधेशी समुदायमाथि फेरी तरबार चलाउने काम गरेको आरोप लगाए। सरकारका मन्त्रीले संसदीय समितिको निर्देशन नमानेर समितिको धज्जी उडाउने काम गरेको भन्दै कर्णले संसदीय मर्यादा कायम गराउने तर्फ सभामुखको ध्यानाकर्षण गराए।

उनले सत्तारुढ दलका सांसदहरुलाई विधेयकमाथि दोहोरो चरित्र नदेखाउन पनि सचेत गराए। लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफैंले गरेको प्रतिवद्धताबाट पछि हटेको भन्दै उनले यसले जनताको सरकारमाथिको विश्वास टुटाउने काम गरेको टिप्पणी गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।