मंगलबार, साउन २६, २०८३

माइतीघर नियन्‍त्रणमा लिन तीन हजार प्रहरी परिचालन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सरकारले ल्याएको गुठी विधेयक खारेज गर्न माग गर्दै राजधानीको माइतीघरमा खबरदारी सभा हुँदैछ ।

यतिबेला राजधानीका विभिन्न ठाउँबाट झाँकीसहितको जुलुस माइतीघर मण्डलामा भेला हुने क्रम जारी छ । सरकारले बुधबार गुठी विधेयक फिर्ता लिएको घोषणा गरे पनि त्यसलाई खारेज गर्नुपर्ने माग गर्दै विभिन्न जातीय, धार्मिक संघसंस्था र अभियन्ता माइतीघरमा भेला भएका हुन् ।

सुरक्षाका लागि गृह मन्त्रालयले माइतीघर क्षेत्रमा तीन हजारभन्दा बढी परिचालन गरिएको जनाएको छ । गुठी विधेयकको विरुद्धमा भएकाे आन्दोलन शान्तिपूर्ण बनाउन ठूलो संख्यामा प्रहरी परिचान गरिएको हो ।

उच्च सुरक्षा स्रोतका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका तीन हजार बढी सुरक्षाकर्मी माइतीघर आसपासका क्षेत्रमा परिचालन गरिएको छ । सादा पोसाकका प्रहरीको संख्या समेत बढाइएको छ ।

आन्दोलन कुनै कारणबाट नियन्त्रणबाहिर जान नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको स्रोतले बतायो ।

प्रहरी माइतिघरदेखि बानेश्वरसम्म ठूलो संख्यामा परिचालन भएका छन् । पानी ट्याङ्क, अश्रुग्यास र गोठी गठ्ठासहित उनीहरु तैनाथी अवस्थामा बसेको छ । 

विरोध सभामा करिब एक लाख हाराहारी नागरिकको जनसहभागिता रहेको संघर्ष समितिहरुले दाबी गरेका छन् । आन्दोलनकारीहरुले विधेयक संसदबाट खारेज नगरेसम्म आन्दोलन चर्काउने बताउदै आएका छन् । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।