मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसदमा देउवाको आपत्ति- ' प्रधानमन्त्रीले विपक्षीलाई हेपे'

संसदमा देउवाको आपत्ति- ' प्रधानमन्त्रीले विपक्षीलाई हेपे'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- संसदमा प्रमुख प्रतिपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री अथवा सत्तारुढ दलको संसदीय दलको नेता उपस्थित हुने प्रचलन छ।

त्यसैगरी प्रधानमन्त्री अवा सत्तारुढ दलको संसदीय दलका नेता बोल्दा प्रमुख प्रतिपक्षी दलका नेता उपस्थित हुने संसदीय अभ्यास छ।

तर, बुधबार संघीय संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा बोल्दा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहे। ओली सत्तारुढ नेकपाको संसदीय दलका नेतासमेत हुन्।

प्रधानमन्त्री ओली संसदमा अनुपस्थित भएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दलका नेता देउवाले भने, ‘जहाँ पनि प्रधानमन्त्री बोल्दा विपक्षी दलका नेता आउनुपर्छ। विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री पनि आउनैपर्छ। तर यहाँ हेप्ने काम भएको छ। त्यसकारण यो पनि हामीले कुनै पनि हालतमा मान्दैनौं सभामुख महोदय !’

संसदीय मर्यादाविपरीत प्रधानमन्त्री ओलीले काम गरेको भन्दै देउवाले भने, ‘चलनलाई तोड्ने प्रयास भएको छ।’

देउवाले संसदमा बोल्नका लागि हिजो नै समय माग गरेका थिए। समय नदिएपछि कांगे्रसले संसद अवरुद्ध गरेको थियोे । त्यसपछि प्रधामन्त्री ओलीले साँझ प्रधानमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गरी आफ्नो धारणा राखेका थिए । संसद्मा बुधबार मात्र देउवाले बोल्न समय पाएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।