मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हुम्ला जिप दुर्घटनापछि स्तब्ध कर्णाली : 'जिउँदो भेट्टाउने आश मर्‍यो'

हुम्ला जिप दुर्घटनापछि स्तब्ध कर्णाली : 'जिउँदो भेट्टाउने आश मर्‍यो'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- 'जीप दुर्घटना भएको सुन्न वित्तिकै हामी घटनास्थल पग्यौं ।' हुम्ला खार्पुनाथ -५ का स्थानीय शिक्षक टंक शाहीले निराश स्वरमा भने 'दिनभर न जीप भेटियो न त यात्रुनै, अब त यात्रुलाई जिउदो भेटाउने आश पनि सकियो ।' 

विद्यालयबाटै घटनास्थल पुगेका शाहीलाई मात्रै होइन अहिलेसम्म हुम्ला जीप दुर्घटनाको खबरले सम्पूर्ण कर्णालीवासीलाई स्तब्ध बनाएको छ । कारण दुर्घटना भएको लामो समयसम्म वेपत्ताको अवस्था पत्ता लागेको छैन । जसले गर्दा यात्रुलाई जिउँदै भेटाउने आश मरीसकेको छ ।

'हामीले प्रयास गरेकै हौ तर यात्रुलाई जिउँदै उद्धार गर्ने सपना पुरा भएन ।' हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले निराश स्वरमा भने 'जिउदो भेटाउने आश त छैन तर बुधबार विहानैबाट फेरि खोज्छौँ ।'

त्यस्तै घटनास्थल पुगेका पत्रकार राजन रावलले पनि यात्रुलाई जिउदै भेटाउन आश मरिसकेको बताए । 'हुम्लाको इतिहाँसमा आज कालो दिन रै'छ ।' रावलले उसै गरी निराश स्वरमा भने 'जीउदै कसरी भेटिएलान र खै, जे भएपनि हामीले ठूलो सम्पत्ति गुमायौं ।' 

उनको निराश स्वरले यात्रुलाई जीउँदो भेटाउने आश मरिसकेको पुष्टि गथ्र्यो । 'बाटो पनि राम्रो थियो, अस्ती म त्यही जीपमा आए, चालकले गाडी राम्रैसँग हाँक्थे ।' पत्रकार रावलले घटनास्थलको विवरण सुनाउँदै भने 'उद्धार गर्न दिभरी खटियौं तर रित्तो हात फर्किएका छौँ ।'

यता जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक राजेन्द्रबहादुर सिंहले पनि यात्रुलाई जिउदै उद्धार गर्ने प्रयास असफल भएको बताए । 'उद्धारमा दुई वटा हेलीकप्टर सहित सेना र प्रहरी खटिएको थियो तर यात्रुको केही पत्तो लागने ।' सिंहले भने 'सक्ने जति गर्‍यो घटनामा हाम्रो केही चलेन ।'

हुम्लाका प्रदेश सांसद जीवनबहादुर शाहीले पनि जीप दुर्घटनापछि स्पब्ध भएको सन्देश सहित विज्ञप्ति प्रकाशित गरेका छन् । उता नेकपा हुम्लाका नेता एवम् कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटीले वेपत्ताका आफन्तलाई धेर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना सहित स्टाटस लेखेका छन् । 

यता कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि घटनाप्रति दुःख व्यक्त गरेको छन् ।

बुधबार बिहानसम्म दुर्घटना भएको जीप र यात्रुहरुको अवस्था पत्ता लाग्न सकेको छैन । उसो त उद्धारका लागि गएको प्रहरी र सेनाको टोली पनि मंगलबार खाली हात फर्किएको छ । नदीको चिसो पानी र धेरै बहाव भएका कारण दुर्घटनामा सबैको मृत्यु भएको अनुमान गरिएको छ । 

यद्यपी आज विहानैदेनि स्थानीयले वेपत्ताहरुको खोजी जारी राखेको घटनास्थलमै रहेका खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए । सशस्त्र प्रहरी बल कुरिनटारबाट गोताखोर झिकाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक राजेन्द्रबहादुर सिंहले बताए ।

गत पुसमा ट्याक खोलीएको उक्त सडकमा चैत्रबाट नियमित रुपमा जीप सञ्चालन हुँदै आएको थियो । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा हेलिकप्टर मार्फत जीप त्यहाँ पुर्‍याइएको हो । दुर्घटनामा परेको जीप १६ सीट क्षमताको रहेको बताइएको छ । 

स्थानीय लोकजंग शाहीले हेलिकप्टरबाट त्यहाँ पुर्‍याएको एउटा मात्रै जीप दुर्घटनासँगै उक्त सडक खण्डमा यातायात सेवा स्वतः बन्द भएको छ । महेन्द्र कम्पनीको बोलेरो जीप गाडी धनी शाहीले खार्पुनाथ यातायात प्रालि मार्फत दैनिक सञ्चालन गर्दै आएका थिए । 

सिकारुले गाडी चलाउँदा दुर्घटना भएको सहायक प्रजिअ पोखरेलको भनाई छ । उनका अनुसार जीप मंगलबार चालक मणिजंग शाहीले नभई खार्पुनाथ गाउँपालिकका उपाध्यक्षका भाई चन्द्र हमालले चलाएका थिए ।

दुर्घटनामा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल, चालक मणिजंग शाही, स्थानीय चन्द्र हमाल, नैनसिंह भण्डारी, बसन्ती शाही, नन्ददेवी सिंह, कौरा दमाइ र उनका दुइ वर्षका छोरा गोकुल सुनार र काठमाण्डौ थानकोटका मिस्त्री राजु श्रेष्ठ वेपत्ता भएको प्रहरीले जनाएको छ । दुर्घटनामा वेपत्ताहरुको दिनभर खोजी गरिएको र गोताखोर नहुँदा समस्या भएको भएको हो ।

उद्धारमा मंगलबार याङचुबाट प्रहरी सहयाक निरीक्षक सन्तोश पालको कमाण्डमा ५ जना र जिल्लाबाट प्रहरी सहायक निरीक झकबहादुर रोकायको कमाण्डमा ५ जनासहायक सेनानी ओम प्रकाश पुनको कमाण्डमा ५ जनाको टोली घटनास्थल पुगेको थियो । 

लु १ ज ७६ नम्बरको जीप मंगलबार मध्यान्न साढे १२ बजेतिर खार्पुनाथा गाउँपालिका ५ को गाढी बेणु बिसौना र कैलेबालुको बिच खण्डबाट कर्णालीमा खसेको हो । उद्धार आज पनि जारी रहने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।