सुर्खेत- हुम्ला जीप दुर्घटनामा उद्धारका लागि गएको टोली खाली हात फर्किएको छ।
‘६ बजेसम्म खोज्यौं।’ सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले भने ‘आज फर्किसक्यौँ, भोलि फेरि खोज्न जान्छौँ।’ उत्ता जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक राजेन्द्रबहादुर सिंहले पनि रात परेका कारण उद्धार गर्न नसकेपछि खाली हात फर्किएको बताए।
‘आँखा देखिँदासम्म खोज्यौं।’ सिंहले भने ‘रात पर्यो, चिसो पनि बढ्यो उद्धारमा गएको टोली फर्किसक्यो।’
जिप दुर्घटनामा हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल (शाही) सहित दजना यात्रु बोकेको लु १ ज ७१६६ नम्बर जीप कर्णाली नदीमा बेपत्ता भएको हो। प्रहरीकाअनुसार वेपत्ता हुनेमा उपाध्यक्ष शाहीसहित, चालक मणि शाही, चन्द्र हमाल, ढुक्कु भण्डारी, वसन्ती शाही, नन्ददेवि सिंह, कौर विक र दुई वर्षीया बालक गोकुल सुनार र काठमाडौं थानकोटका एकजना वल्डिङ मास्टर रहेको
प्रहरीको जनाएको छ। वल्डिङ मास्टर बाहेक अन्य सबै खार्पुनाथ गाउँपालिका स्थानीय रहेको प्रहरीको भनाई छ। कर्णाली नदी धमिलो र बहाव बढेकाले जिपको अवस्था पत्ता लगाउन समस्या परेको प्रहरीको भनाई छ।
उद्धारमा याङचुबाट प्रहरी सहयाक निरीक्षक सन्तोष पालको कमाण्डमा ५ जना र जिल्लाबाट प्रहरी सहायक निरीक झकबहादुर रोकायको कमाण्डमा ५ जनासहायक सेनानी ओम प्रकाश पुनको कमाण्डमा ५ जनाको टोली घटनास्थल पुगेको थियो।
उद्धारमा दुईवटा हेलीकप्टर प्रयोग गरिएका थिए। करिव ४५ मिटर तल १२ बजेतिर खार्पुनाथा गाउँपालिका ५ को गाढी बेणु बिसौना र कैलेबालुको बीच खण्डबाट कर्णालीमा खसेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४