काठमाडौं – पत्रकारले दोस्रो बजारमा लगानी गर्न नपाउने व्यवस्था गर्नका लागि नेपाल धितोपत्र बोर्डलाई सुझाव दिइएको छ।
मंगलबार बोर्डमा आगामी आर्थिक वर्षका लागि के कस्ता नीतिको आवश्यकता पर्छ भनेर गरिएको छलफलमा पत्रकारहरुले सम्बन्धित निकायबाट सूचना लिने र इन्साइडर ट्रेडिङ गर्ने गरेको र सूचनाको आधारमा बजारलाई सहजै नियन्त्रण गर्न सक्ने भएकोले उनीहरुलाई दोस्रो बजारमा कारोबारको लागि रोक लगाउनुपर्ने सुझाव दिइएको छ।
सुझाव दिने क्रममा कानुन व्यवसायी अमृत खरेलले विशेषगरी आर्थिक पत्रकारहरुले कुनैपनि कम्पनीको सूचना लिने, सुचना अनुसारको कारोबार गर्ने र बजारलाई प्रभावित पार्ने गरी समाचार लेख्ने गर्दा बजारमा पत्रकारले चाहे जे पनि गर्न सक्ने भएकोले उनीहरुको कारोबारलाई रोक लगाउनुपर्ने धारणा राखे।
त्यसैगरी शेयर विष्लेषक हेमन्त बश्यालले आर्थिक पत्रकारलाई शेयर कारोबार रोक लगाउने विषय राम्रो भएपनि सूचना विभाग र प्रेस काउन्सिलसँग छलफल गरेर मात्र अगाडि बढ्नुपर्ने धारणा राखे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४