काठमाडौं – विश्व चर्चित गायन रियालिटी शोको नेपाल संस्करण ‘द भ्वाइस अफ नेपाल सिजन–२’ लाई युनाइटेड सिमेन्ट्सले साथ दिएको छ। हिमालय टेलिभिजनबाट प्रसारण हुने तयारीमा रहेको द भ्वाइस अफ नेपाल सिजन–२ को टाइटल स्पोन्सरमा युनाइटेड सिमेन्ट्स अनुबन्ध भएको छ।
योसँगै भ्वाइस अफ नेपाल सिजन २ मा दुई जना कोच फेरिएका छन्। सिजन २ मा चर्चित गायक राजु लामा (मंगोलियन हर्ट) र लोकप्रिय गायिका आस्था राउत कोचका रुपमा भित्रिएका छन्। उनीहरुसँगै दीप श्रेष्ठ र प्रमोद खरेलसहित ४ जना कोच यो सिजनका लागि अनुबन्ध भएका छन्।
झण्डै २३ हजार प्रतिभाहरुले डिजिटल अडिसनमा सहभागीता जनाएकोमा बिभिन्न छनौट चरण पार गरी एक सय भन्दा बढी प्रतिभाहरु ब्लाइन्ड अडिसनका लागि चुनिएका कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए।
भ्वाइस अफ नेपाल सिजन २ को प्रसारण साउन पहिलो साताबाट हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार साँझ ८ बजे प्रसारण हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४