मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरी घेराभित्र विश्वविद्यालयको वाषिकोत्सव, विद्यार्थीलाई ‘नो इन्ट्री’

प्रहरी घेराभित्र विश्वविद्यालयको वाषिकोत्सव, विद्यार्थीलाई ‘नो इन्ट्री’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- पटक-पटक विवादमा तानिदै आएको सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नो नवौं वाषिकोत्सव पनि कडा सुरक्षा घेराभित्र आफ्नो मनाएको छ। विश्वविद्यालयले वार्षिकोत्सव जस्तो महत्वूर्ण दिवशमा पनि विद्यार्थीहरुलाई कार्यक्रममा सहभागी हुनबाट बन्चित गरिएको छ।

वार्षिक उत्सवको उद्घाटनका लागि प्रमुख अतिथी कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनाल पानसमा दीप प्रज्वलन गर्दै गर्दा विद्यार्थीहरुले हलभित्रै जिन्दावाद र मुर्दावादको नारा लगाए। नाराजुलुस गरेपछि प्रहरीले नारा जुलुस केही विद्यार्थीहरुलाई हलबाट लखेटिदिएको थियो। ८० प्रतिशत विद्यार्थी लखेटिएपछि विश्वविद्यालयले कडा सुरक्षा घेराभित्र वार्षिकोत्सव मनायो।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख खनालले चन्दा संकलन गरेका स्थापना भएको विश्वविद्यालयले आफ्नो गरिमालाई सधै बचाई राख्नुपर्ने बताए। उनले विगतमा भएका कमीकमजोरीहरुलाई गम्भीर ढंगले सोचेर अघि बढ्नुको विकल्प नभएको बताए। कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले विश्वविद्यालयले गरेका गतिविधिहरु जानकारी गराएका थिए।

टि–सर्टको लोभमा विश्वविद्यालयको गरिमा माथिआँच पुर्याउने गरी काठमाडौंका निजी कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीहरुले नाराजुलुस गरेका थिए। अनेरास्ववियुका जिल्ला अध्यक्ष धुपेन्द्र शाहीले पदाधिकारीहरुले आफ्नो लगानी गरेको काठमाडौंको राजधानी मोडेल कलेज र जेभिएर इन्टरनेशन कलेजको विज्ञापन गरेको आरोप लगाए।

टि–सर्ट लगाउने बहानमा निजी कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीहरुले सभाहल बाहिर संयुक्त विद्यार्थीहरुले नाराबाजी र ढुङ्गामुडा गरेका थिए। प्रहरीले विद्यार्थीहरुको आन्दोलनलाई तितरबितर पार्नखोजेपछि विहान झडप ससेत भएको थियो। झडपका क्रममा एक जना प्रहरी घाइते भए।

प्रहरीले आन्दोलनको क्रममा अनेरास्ववियु जिल्ला अध्यक्ष धुपेन्द्र बहादुर शाही, अखिल क्रान्तिकारी केन्द्रीय सचिब अमरजङ शाही, अनेरास्ववियु केन्द्रीय अनुशासन आयोग सदस्य नवीन योगी, नेबिसंघ नेता राजन विक, न्युटन ओली, नेता महेन्द्र थापा, सरोज न्यौपाने, गणेश शाही, चित्र सुनार, तिर्सना हमाल, ममता अधिकारी लगायतका प्रहरीले नियन्त्रणमा लिएर वार्षिकोत्सवपछि रिहा गरेको छ। विद्यार्थीहरुले एक हजार टि–सर्टमध्ये राजधानी कलेजले सौजन्य गरेको दुईबोरा टिर्सट नियन्त्रणमा लिएका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।