मंगलबार, साउन २६, २०८३

प्रधानमन्त्रीको सम्बोधन : गुठी आन्दोलनमा घुसपैठ भयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक विरुद्धको आन्दोलनमा घुसपैठ भएको आरोप लगाएका छन्। उनले काठमाडौंमा केही दिनयता जारी आन्दोलनमा विशुद्ध गुठीवाला मात्र नभई घुसपैठ भएको आरोप लगाए।

मंगलबार प्रतिनिधिसभामा कांग्रेसले अबरोध गरेपछि सम्बोधन नगरी फर्किएका प्रधानमन्त्री ओलीले मंगलबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका पत्रकार सम्मेलन गरी गुठीले काठमाडौं बाहिरका जनतालाई शोषण गरेकाले त्यस्तो शोषण मुक्तिका लागि विधेयक ल्याइएको दाबी गरे।

पत्रकार सम्मेलनमा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफूलाई संसदमा बोल्न नदिएर अत्यन्तै असंसदीय तथा अमर्यादित व्यवहार देखाएको टिप्पणी गरे।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठक नै अवरुद्ध पारेर कांग्रेसले बोल्न नदिएकोमा आफू आश्चर्यचकित भएको बताए।

नले प्रधानमन्त्रीलाई बोल्न नदिने, प्रधानमन्त्रीले लिएको समयभन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने लोकतन्त्रमा कहीँ नहुने व्यवहार कांग्रेसले प्रर्दशन गरेको दाबी गरे। प्रधानमन्त्री ओलीले दुनियाँको लोकतान्त्रिक अभ्यासमा, संसदीय प्रणालीमा प्रधानमन्त्रीले समसामयिक विषयमा आवश्यक परेको बेला संसदलाई विभिन्न विषयहरुमा सरकारका दृष्टिकोणबारे जानकारी गराउने अभ्यास हुने उल्लेख गर्दै काँग्रेस भने त्यसको विपक्षमा उभिएको बताए।

प्रधानमन्त्री ओलीले यसअघि पनि गुठी नियमन र व्यवस्थित गर्ने प्रयास गरिएको तर यसपटक आफूहरुको सरकारले गर्दा अनावश्यक विरोध झिकिएको गुनासो गरे। उनले आफूहरु संस्कृतिको रक्षाकै लागि विधेयक ल्याउन बाध्य भएको भन्दै प्राधिकरणले गुठीलाई नियन्त्रण गर्ने गरी विधेयक ल्याइएको भन्ने कुरा झुठो रहेको दाबी गरे।

राष्ट्रियसभामा भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले दर्ता गराएको विधेयक सर्वत्र विरोध भएपछि विज्ञहरुसँग छलफल गरेर फिर्ता गरिएको आफ्नो सहमति रहेको प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमा बताए।

ओलीले यो जनताको सरकार र लोकतन्त्रको रक्षा गर्ने सरकार भएको पटकपटक दोहोर्याउँदै आफूहरु जनताको मन जितेर आएकाले र राम्रो काम सुरु गरेकाले विरोधीहरुले देखि नसहेको आरोप लगाए।

पत्रकार सम्मेलनमा ओलीले सञ्चारमाध्यमहरुमाथि गुनासो गर्दै सञ्चारमाध्यमहरुले सम्मान गर्नुपर्नेहरुलाई सम्मान गर्न नसकेको आरोप लगाए। उनले भने, ‘हाम्रा टेलिभिजनहरुले कसैलाई तपाईँ भन्दैनन्, सबैलाई तिमि भन्ने बनाए। कतिलाई मैले भन्या यो कुरा मन पर्दैन, उनीहरुले भन्लान सबै समान हुन्’

उनले सञ्चारमाध्यमहरुले आदरार्थी शब्दहरु प्रयोग नगरेकोमा चित्त दुखाए। प्रधानमन्त्री ओलीले कुनैमा आदरार्थी शब्द तथा लैंगिक शब्दहरु पनि नछुट्याएको भन्दै यसले समाजलाई असभ्य बनाउँदै लगेको दाबी गरे।

उनले विद्वानहरुमाथि पनि तितो पोखे। विद्वानहरुले नै संस्कृति विगारेको भन्दै उनले विद्वानहरुले नराम्रो शब्दहरु प्रयोग गरेर लेख्ने बोल्ने गरेको बताए।
धमलालाई ‘डाईलग’

पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासा नलिएका प्रधानमन्त्री ओलीले पत्रकार ऋषि धमलालाई भने ‘डाइलग’ मारे।
आफ्नो सम्बोधन सकेर उठ्दै गर्दा धमलालाई ओलीले भने, ‘तपाईँहरुको विधेयककले गुठीको संस्कृतिमा छुरी हानेको छ। भन्दै हुनुहुन्छ नि।’ ऋषि धमलाले भने हाँस्दै आफूले त्यस्तो नभनेको संकेत गरे।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।