मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गौतमबुद्ध विमानस्थलबाट हतियारसहित भारतीय नागरिक पक्राउ

गौतमबुद्ध विमानस्थलबाट हतियारसहित भारतीय नागरिक पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा- गौतमबुद्ध विमानस्थल भैरहवाबाट हतियारसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्।

भारतको लखनऊका स्थायी बासिन्दा उमेश शुक्ला परिवारसहित भैरहवाबाट पोखरा जान लागेका थिए। उनीसँग विमानस्थलबाट प्रहरीले चेकोस्लोभियामा निर्मित एमएम ७.६२  नम्बरको पेस्तोल र १६ राउन्ड गोली बरामद गरेको छ।

लखनऊको एक बैंकका म्यानेजर रहेका ५० वर्षीय शुक्ला श्रीमती, ३ छोरी र एक नातिनीसँगै बुद्ध एअर मार्फत् पोखरा जाने क्रममा विमानस्थलमा एक्सरे (स्क्यानिंग मेसीनबाट) हतियार देखिएपछि हतियार र गोलीसहित उनलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी धर्म भण्डारीले बताए।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।