काठमाडौं - सरकारले गुठी विधेयक फिर्ता लिएको छ। विधेयकको व्यापक विरोध भएपछि पत्रकार सम्मेलन गर्दै भूमि सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरकारले विधेयक फिर्ता लिएको जानकारी दिइन्।
विधेयकलार्इ लिएर जनसमुदायमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने, वातावरण विथोल्ने प्रयास भएको भन्दै मन्त्री अर्यालले सरोकारवालासँग थप परामर्श गर्न आवश्यक रहेकाले विधेयक फिर्ता लिएको जानकारी गराइन्।
‘गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५’ बैसाख १७ मा राष्ट्रियसभामा दर्ता भएको थियो। विधेयकका प्रावधानले मौलिक सम्पत्तिका रुपमा रहेको गुठी संस्कृति लोप हुने भन्दै व्यापक विरोध भएको थियो।
सरोकारवाला निकायको चर्को दबाबपछि सरकारले सो विधेयक फिर्ता लिने निर्णय गरेको हो। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसँग पनि सो विधेयकका सम्बन्धमा परामर्श गरेका थिए। सरोकारवाला निकायले पनि सो विधेयक फिर्ता लिन दबाब दिँदै आएका थिए।
हेर्नुस् भिडियो
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...