काठमाडौं - लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा पदपूर्तिका लागि आह्वान गरेको विज्ञापनको दरखास्त दिने म्याद थप गरेको छ। दरखास्त दिने आज (असार ३) सम्मको म्यादलाई लम्ब्याएर असार १० गते पुर्याएको छ भने दोब्बर दस्तुरको म्याद असार १७ गते सम्मलाई तोकेको छ।
स्थानीय तहका लागि विभिन्न पदमा पदपूर्तिका लागि प्रकाशित विज्ञापनमा अनलाईन प्रणालीमार्फत दरखास्त दिने उम्मेदवारको संख्या जेठ ३० गतेदेखि अत्यधिक भएका कारण जीआइडीसी स्थित आयोगको सर्भरमा चाप भई दरखास्त अपलोड गर्न कठिनाई उत्पन्न भएको र दरखास्त फाराम बुझाउन नसकिएको निवेदन परेपछि असार १० गतेसम्मलाई म्याद थप गरिएको आयोगले जानकारी दिएको छ।
आयोगले गत जेठ १५ गते ५१५ स्थानीय तहका लागि विज्ञापन प्रकाशन गरेको थियो।
