मंगलबार, साउन २६, २०८३

उखरमाउलो गर्मी : बालबालिकालाई मानसिक समस्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४


जनकपुरधाम- विगत केही दिनयता जनकपुरसहित तराई क्षेत्रमा अत्यधिक गर्मीका कारण जनजीवन कष्टकर बन्दै गएको छ। अत्यधिक गर्मीका कारण अधिकांश जिल्लाका विद्यालय छन्। दिउँसो ३८ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुन थालेपछि पालिकाहरुले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।

उखरमाउलो गर्मीका कारण जनजीवन कष्टकर बनिरहेका बेला बिरामीको चाप बढेको छ। खास गरेर गर्मीको सबैभन्दा बढी प्रभाव बालबालिकामाथि परेको छ। उग्र गर्मीका कारण बालबालिकामा शारीरिकका साथै मानसिक प्रभाव परेको चिकित्सकहरु बताउँछन्।

जनकपुर अञ्चल अस्पतालका बालरोग विशेषज्ञ जामुनप्रसाद सिंह अत्यधिक गर्मीले बालबालिकामा प्रत्यक्ष मानसिक प्रभाव परेको बताउँछन्। पछिल्लो समय गर्मी बढेपछि बालबालिकामा शारीरिक साथै मानसिक समस्या देखिन थालेको डा.सिंहले बताए।

गर्मीले बालबालिकामा छालासम्बन्धी रोगका साथै जन्डिस, टाइफाइड र झाडापखाला बढेर गएको उनको भनाइ छ। ‘गर्मीले बिरामीको चाप बढेको छ,’ उनले भने, ‘बालबालिकाहरुमा शारीरिकका साथै मानसिक समस्या देखिएको छ, यसबाट जोगिनु जरुरी छ।’

मानसिक समस्याका रुपमा बालबालिकाहरु बिना कारण रुने कराउने गरेको उनले बताए। ६ महिनाभन्दा बढी र बोली नफुटेका बालबालिकामा बिना कारण आफै रुने समस्या देखिएको डा.सिंह बताउँछन्।

सिंहका अनुसार उपचारका लागि आउने ५० प्रशितभन्दा बढी बालबालिकामा यस्तो समस्या देखिएको हो।

बालबालिकामा पानीको कमीले यसखाले समस्या देखिएको भन्दै उनले पानीको मात्रा बढाए यस्तो समस्या अन्त्य भएर जाने बताए। ‘डिहाड्रेसन’ ले गर्दा रुने कराउने समस्या देखिएकाले त्यस्ता बालबालिकालाई राति सुतेको बेलासमेत ब्युँझाएर पानी खुवाउनुपर्ने सुझाव उनले दिएका छन्।

बिहान ११ बजेसम्म बिरामीको अत्यधिक चाप भए पनि दिउँसो घट्ने गरेको उनको भनाइ छ। गर्मीका कारण बिरामीहरु अस्पतालसम्म पुग्नसमेत समस्या परेकोले दिउँसो यो संख्या घटेको सिंह बताउँछन्। ‘बिहान ११ बजेसम्म बिरामीको चाप बढी देखिन्छ तर त्यसपछि कम हुन्छ,’ बालरोग विशेषज्ञ सिंह भन्छन्, ‘गर्मीका कारण जो हुन्छन् त्यहीँ जाँच गराउने गरेका छन्। गम्भीर भएपछिमात्र अस्पताल पुग्ने गरेका छन्।’

बालबालिकाको अध्ययनअध्यापनमा समेत गम्भीर असर परेको भन्दै उनले यस्तो तापक्रममा पढेको कुरा दिमागमा राख्न सक्ने अवस्था नरहेको बताए।

जनकपुर अञ्चल अस्पतालका प्रमुख डा.नागेन्द्रप्रसाद यादवले अस्पतालमा बिरामीको चाप बढेको बताए। अस्पतालमा यसअघि दैनिक तीन सयदेखि साढे तीन सय बिरामी आउने गरेकोमा अहिले दैनिक पाँच सयदेखि ६ सयसम्म बिरामी आइरहेका छन्। छाला, टाइफाइड, झाडापाखलाजस्ता बिरामीहरुको चाप अस्पतालमा बढेको उनको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।