काठमाडौं- प्रतिनिधिसभा बैठकमा बोल्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अबरुद्ध गरेर बोल्न नदिएपछि आज (मंगलबार) पत्रकार सम्मेलन गर्ने भएका छन्।
मंगलबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभामा प्रधानमन्त्री ओली सुरुमै बोल्ने कार्यसूची थियो। तर प्रधानमन्त्री भन्दा कांग्रेस संसदीय दलका
नेता शेरबहादुर देउवा बोल्न पाउनुपर्ने माग गर्दै कांग्रेसले विरोध जनाएको थियो।
विरोधका बाबजुद सभामुख कृष्ण महराले बैठक अगाडि बढाउन थालेपछि कांग्रेसले रोष्टम घेराउ गर्दा प्रधानमन्त्रीले बोल्न नपाई बैठक स्थगित गरिएको थियो। संसदमा बोल्न नपाएपछि प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेका हुन्।
प्रधानमन्त्री ओलीले गुठी विधेयक तथा आफ्नो युरोप भ्रमणबारे संसदमा बोल्ने तयारी गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४