मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसदमै अभिव्यक्ति स्वतन्त्रता कायम भएन : कांग्रेस नेता खाँड

संसदमै अभिव्यक्ति स्वतन्त्रता कायम भएन : कांग्रेस नेता खाँड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सदनभित्र प्रतिपक्षी दलको अभिव्यक्ति स्वतन्त्रता कायम हुन नसकेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठक स्थगित भएपछि संघीय संसद भवनमा संचारकर्मीसंग प्रतिक्रिया दिदै प्रतिपक्षी खाँडले प्रतिपक्षी दललाई बोल्न नदिने प्रवृत्ति बढ्दै गएको दाबी गरे। दलको नेताका लागि बोल्नका समय माग्दा समय नदिएपछि आफुहरुले अभिव्यक्ति स्वतन्त्रता कायम गर्न सभामुखको ध्यानाकर्षण गराएको स्पष्ट पारे।

उनले भने, सदन भित्र अभिव्यक्ति स्वतन्त्रता कायम हुनुपर्यो। दलको नेताले सदनमा बोलने कार्यक्रम राखेको थियो। सभामुखले बोल्ने समय उपलब्ध गराउनु भएन। जबरजस्ती हामीले बोल्छु भन्दा भन्दै माननिय प्रधानमन्त्रीलाई बोलाउनुभयो। दलका नेताले बोलेपछि प्रधानमन्त्रीले बोलेको भए सुल्टो पनि हुन्थ्यो। हाम्रो त्यसमा सहमति थिएन र विरोध गर्यौं।’

उनले प्रतिपक्षी दललाई जबरजस्ती बोल्न नदिने प्रवृति देखिएकाले त्यसविरुद्ध उभिएको स्पष्ट पारे।

उनले भने, ‘खराबप्रवृत्ति विरुद्ध उभिएको हो। अपोजिसनलाई जवरजस्ती बोल्न नदिने मनसुवा, खराब ध्येय भयो। त्यही खराब ध्येयका विरुद्ध हामी उभिनुपर्यो।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।