मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवा भन्छन् : प्रधानमन्त्रीले बोल्ने होइन, जवाफ दिने हो (भिडियो)

देउवा भन्छन् : प्रधानमन्त्रीले बोल्ने होइन, जवाफ दिने हो (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेर बहादुर देउवाले संसदमा बोल्न सधैं प्रतिपक्षीलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन्।

मंगलबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संघीय संसद भवनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै देउवाले संसदमा बोल्नका लागि पहिलो प्राथमिकता प्रमुख प्रतिपक्षी दललाई दिनुपर्ने बताएका हुन्। उनले प्रधानमन्त्रीले बोल्ने नभई जवाफ दिने हो भन्दै अन्तर्राष्ट्रिय अभ्यास पनि त्यस्तै भएको दाबी गरे ।

देउवाले भने, “प्रधानमन्त्रीले बोल्ने होइन। जवाफ दिने हो। पहिले बोलिसकेपछि के बोल्ने मैले ? बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज। जहाँपनि विपक्षीले पहिले बोल्ने हो। जवाफ प्रधानमन्त्रीले दिने हो। सुरुमा कहाँ बोल्छन्? ”
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।