काठमाडौं - अस्पताल सरसफाइको काम गर्ने विमला तामाङको शव अस्पतालमा झुन्डिएको अवस्थामा फेला परेको छ। महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार तामाङको शव अस्पतालको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको हो।
मृतकका आफन्तले तामाङको हत्या भएको भन्दै अस्पताल घेराउ गरेका छन्। आफन्तको विरोधका कारण प्रहरीले घटनाको मुचुल्का उठाउन सकेको छैन। अस्पतालमा सुरक्षाकर्मी परिचालन गरिएको छ। तामाङले आत्महत्या गरिन् वा उनको हत्या भएको भन्नेबारे केही खुलेको छैन। रामेछाप दोरम्बाकी २७ वर्षीया तामाङ विगत केही महिनादेखि अस्पतालमा कार्यरत थिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४