मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवाले बोल्न नपाउँदा कांग्रेसले रोक्यो ओलीलाई (भिडियोसहित)

देउवाले बोल्न नपाउँदा कांग्रेसले रोक्यो ओलीलाई (भिडियोसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - संघीय संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नियमित रुपमा ध्यानाकर्षण गराउँदै आएको छ।

गुठी, मिडिया काउन्सिल, मानव अधिकार, सुरक्षा, लोकसेवा आयोगको विज्ञापन रद्द प्रकरण लगायत विवादास्पद विषयमा कांग्रेसले संसद्मा बोल्दै आएको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले यिनै विषयमा बोल्न चाहेका थिए।

देउवा बोल्न चाहेको कुरा कांग्रेस संसदीय दलका प्रमुख सचेतकले सभामुख कृष्णबहादुर महरालाई जानकारी गराएको थिए। त्यसपछि सभामुख महराले उक्त कुरा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका थिए। तर प्रधानमन्त्री ओलीले आज आफूले सम्बोधन गर्न लागेकाले देउवालाई अर्को दिन समय दिन भनेका थिए।

प्रधानमन्त्री ओलीले देउवालाई संसदमा बोल्न दिन अस्वीकार गरेपछि यस विषयमा संसदको कार्यव्यवस्था समितिमा पटकपटक छलफल भएको थियो।

समिति बैठकमा सभामुख महराले प्रधानमन्त्रीले नै पहिले बोल्न पाउनुपर्ने तर्क गरेका थिए । सोही कारण प्रतिनिधिसभाको मंगलबारको बैठक निर्धारित समयभन्दा १ घण्टा ढिलो भएको थियो। ११ बजेका लागि बोलाइएको बैठक १२ मात्र सुरु भएको थियो।

बैठक सुरु हुनासाथ सभामुखले प्रधानमन्त्री ओलीलाई बोल्ने समय दिए।

‘प्रमुख प्रतिपक्षी दलका नेताले बोल्न समय माग गरेका थियौं तर सभामुखले परामर्श गर्दा प्रधानमन्त्रीले अस्वीकार गर्नुभयो’, कांग्रेसको संसदीय दलको सचेतक पुष्पा भुसाल गौतमले नेपाल समयसँग भनिन्, ‘उहाँहरुले प्रमुख प्रतिपक्षलाई मान्यता दिनु भएन। प्रधानमन्त्रीले नै विवाद खोज्नुभयो।’

गौतमका अनुसार संसद्मा प्रतिपक्षलाई बोल्ने समय नदिएसम्म प्रधानमन्त्रीलाई बोल्न दिइने छैन।

प्रधानमन्त्री ओली युरोप भ्रमणबाट आएपछि संसदलाई जानकारी गराउने तयारीमा थिए। साथै विवादित बनेको गुठी विधेयकका विषयमा प्रधानमन्त्रीले बोल्न चाहेका थिए।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।