काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्मा घेराउ गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न पाएनन् ।
प्रधानमन्त्रीले सम्बोधन गर्नुअघि नै सभामुखको वेल घेराउ गरेर कांग्रेसले संसद् अवरुद्ध गरेको थियो । मंगलबार १२ बजे बैठक सुरु हुनासाथ सभामुखले विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई समय दिएका थिए।
प्रधानमन्त्री सम्बोधनका लागि रोस्ट्रममा नपुग्दै कांग्रेस सांसदले अवरुद्ध गरेका हुन् । कांग्रेस सांसदले प्रधामन्त्रीले यसअघिको सम्बोधनका क्रममा संसदीय मर्यादा उल्लंघन गरेको भन्दै नाराबाजी गरेका छन् ।
कांग्रेसले करिब ७ मिनेट नाराबाजी गरेपछि सभामुख कृष्णबहादुर महराले बैठक भोलिसम्मका लागि स्थगित गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४