मंगलबार, साउन २६, २०८३

पशुपतिमा गुठीयारको प्रदर्शन (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- सरकारले संसदमा पेश गरेको गुठी विघेयक २०७५ को विरोधमा मंगलबार बिहानै पशुपतिनाथ क्षेत्रमा प्रदर्शन भएको छ । दिनहुँजसो प्रदर्शन गर्दै आएका काठमाडौं उपत्यकाका गुठियारहरुले मंगलबार पशुपति क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
 
ग्वल पुच : समाज र चाब : हि नेवा : खल : ले संंयुक्त रूपमा पुशपति प्राङगणमा विरोध प्रदर्शनी गरेका छन् । विरोध प्रर्दशनमा पुशपति क्षेत्रमा वासिन्दा, धार्मिक, सामाजिक संध संस्थाहरू र गुठी समाजको उल्लेखनीय उपस्थिति थियो ।

विरोधमा विभिन्न पराम्परागत बाजा बजाइ सांकेतिक रूपमा पनि सरकारलाई दबाब दिइएको थियो । ‘गुठी विघयेक खारेज गर’, ‘हाम्रो गुठी, संस्कृति सम्पदा मास्न नपाइदैन’ जस्ता प्लेकार्ड बोकि प्रदर्शन गरिएको छ । 

श्री पशुपतिनाथ ग्वल पुच : समाजका संयोजक केदारमान भण्डारीले   गुठी विघेयक फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन नरोकिने बताए । उनले सरकारले विधेयक फिर्ता नलिए झनै ठूलो आन्दोलन मच्चिने बताए । 



गुठी विधेयक फिर्ता लिने, स्थगन गर्ने वा परिमार्जन गर्ने भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली अहिले परमार्शमा छन् ।

सोमबार ओलीले आफ्नै पार्टी (नेकपा)का सांसद, मेयर, उपयमेयर र वडाअध्यक्षसँग गरेको छलफलमा उनीहरुले विधेयक फिर्ता लिन दबाब दिएका थिए । 

प्रधानमन्त्री ओली भने विधेयक फिर्ता लिने लिने मनस्थितीमा देखिएका छैनन् । उनी विधेयक तत्कालका लागि स्थगन गर्ने वा परिमार्जन गर्ने तयारीमा रहेको स्रोतले बताएको छ । यस विषयमा आधिकारीक निर्णय अब बस्ने मन्त्रिपरिषद्को बैठकले गर्नेछ । 





 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।