मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टि-सर्टका कारण विश्वविद्यालयमा प्रहरी र विद्यार्थीबीच झडप 

टि-सर्टका कारण विश्वविद्यालयमा प्रहरी र विद्यार्थीबीच झडप 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय टि–सर्टकै कारण आन्दोलन गरेका छन् । 

विश्वविद्यालयको नवौं स्थापना दिवशको अवसरमा विश्वविद्यालयले टि–सर्ट लगाउने बहानमा निजी कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीहरुले कार्यक्रम स्थलमै नाराबाजी र ढुङ्गामुडा गरेका छन् ।

काठमाडौंको राजधानी मोडेल कलेज र जेभिएर इन्टरनेशन कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीहरुले संयुक्त विद्यार्थीहरुले आन्दोलन गरेका हुन् । प्रहरीले विद्यार्थीहरुको आन्दोलनलाई तितरबितर पार्नखोजेपछि झडप भएको छ । 

झडपका क्रममा एक जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख वसन्त रजौरेका अनुसार घाइते प्रहरी जवान सुरेन्द्र महत्तको प्रदेश अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । 



आन्दोलनमा सहभागी सहभागी दर्जनबढी विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका विद्यार्थीको परिचय भने प्रहरीले खुलाएको छैन ।

यसैबिच आन्दोलनरत विद्यार्थीहरुले राजधानी कलेजले सौजन्य गरेको दुई बोरा टिर्सट नियन्त्रणमा लिएको अनेरास्ववियुका जिल्ला अध्यक्ष धुपेन्द्र शाहीले जानकारी दिए । 

पदाधिकारीहरुले विद्यार्थी बिनै बन्द कोठामा नवौं स्थापना दिवश मनाई रहेका छन् । कार्यक्रम भैरहेको सभाहलमा विद्यार्थीहरुलाई प्रवेश निधेष गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।