मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गुठी विधेयक फिर्ता लिन सत्तापक्षकै दबाब, प्रधानमन्त्रीको सम्बोधन आज

गुठी विधेयक फिर्ता लिन सत्तापक्षकै दबाब, प्रधानमन्त्रीको सम्बोधन आज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले प्रधानमन्त्रीलाई गुठी विधेयक फिर्ता लिन आफ्नै पार्टीका सांसद र नेताहरुले दबाब दिएको विषयलाई मुख्य समाचार बनाएका छन् । 

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टी (नेकपा)का सांसद, मेयर, उपयमेयर र वडाअध्यक्षसँग गरेको छलफलमा उनीहरुले विधेयक फिर्ता लिन दबाब दिएका हुन् । केहिले सरकारले विधेयक फिर्ता नलिए अवस्था जटिल बन्नेसमेत चेतावनी दिएका थिए । 

यसैविषयलाई मुख्य समाचार बनाउँदै आजको कान्तिपुर दैनिकले विधेयकमा पछि हट्न सत्तापक्षकै दबाब शीर्षकमा मुख्य समाचार छापेको छ भने नागरिक दैनिकले गुठी विधेयकः फिर्ता लिन प्रधानमन्त्रीलाई आफ्नै सांसदको दबाब शीर्षकमा खबर लेखेको छ।

अन्नपूर्ण पोस्ट्ले गुठी विधेयकबारे प्रधानमन्त्री–जनप्रतिनिधि छलफलः फिर्ता लिन दबाब शीर्षकमा खबर छापेको छ । यो खबरलाई नयाँ पत्रिकाले भने पहिलो पृष्ठमा स्थान दिइको छैन् ।

छलफलमा विधेयक फिर्ता लिन नेकपाका सांसददेखि वडाअध्यक्षसम्मले दबाब दिएका थिए । उनीहरुले विधेयक स्थगन वा संसोधन गरेर मात्रै नहुने खालको भएकाले फिर्ता नै लिनु पर्नेमा धेरैजसोले जोड दिएका थिए ।

उनीहरुको सुझावपछि प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद बैठकबाट आवश्यक निर्णय लिने बताएका थिए । सबैपक्षको माग उचित सम्बोधन हुनेगरि मन्त्रिपरिषद्बाट आवाश्यक निर्णय गरिने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले गुठी विधेयक बारे सरकारको पछिल्लो धारणा संसदमा पेश गर्ने तयारी गरेका छन् । आजको बैठकमा उनले सरकार यस विधेयकका सम्बन्धमा कसरी अगाडी बढ्छ भन्ने विषयमा जानकारी गराउने आजका पत्रपत्रिकाले लेखेका छन् ।
 
यो विषय बाहेक आजका पत्रपत्रिकाले बझाङमा भएको जिप दुर्घटनामा परि १० जनाको मृत्यु भएको विषयलाई पनि प्राथमिकताका साथ छापेका छन् । साँघुरो र ठाडो उकालो घुम्तीमा गाडी चढाउन खोज्नु र क्षमता भन्दा बढि भार बोकेका कारण जिप दुर्घटना भएको प्रहरीको अनुमान छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।