मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देही र नवलपरासी पश्चिममा पशुको जन्मदर्ता गर्ने

रुपन्देही र नवलपरासी पश्चिममा पशुको जन्मदर्ता गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा- रुपन्देही र नवलपरासी पश्चिमका स्थानीय सरकारले आफ्नो क्षेत्रमा रहेका पशुको जन्मदर्ता गर्ने भएका छन्।

छाडा चौपयाको संख्या दिनप्रतिदिन बढ्दै गएपछि त्यसको नियमन गर्न सहज होस् भन्ने उद्देश्यले पशु जन्मदर्ता अभियान थाल्ने तयारी गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाका डा. भरत काफ्लेले बताए।

सोमबार भैरहवामा आयोजित छाडा चौपाया नियन्त्रणसम्बन्धी गोष्ठी तथा छलफलले सबै पालिकामा पशु जन्मदर्ता गर्न अभियान नै चलाउने निर्णय गरको हो। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाका प्रमुख डा. परबेज आलमको अध्यक्षता एवं रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त गोष्ठीमा सहभागी सबै स्थानिय पालिकाका प्रतिनिधीले सबै पालिकामा उक्त कार्य गर्ने निश्कर्ष निकालेका हुन्।

छाडा चौपयाको कारण सडकमा दुर्घटनाको दर बढ्दै गएको तथा फोहर पनि सृजना गरेको एवं सहज आवतजावतमा ठाउँठाउँमा रोकावट आएको भन्दै स्थानीय पालिकाहरुमा छाडा चौपया नियन्त्रणकोलागी कडा कानुनसमेत लागु गर्ने निश्कर्ष उक्त छलफलले निकालेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाका प्रशासन अधिकृत डिजाईन थापाले बताए।

उनका अनुसार कसैले छाडा चौपाया छाडेमा पशुधनी पत्ता लगाएर कारबाही गर्ने पनि निर्णय भएको छ। छलपलमा नवलपरासी पश्चिम र रुपन्देहीका सबै स्थानीय पालिकाका प्रतिनिधिको सहभागीता रहेको थियो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।