मंगलबार, साउन २६, २०८३

डेढ क्‍वीन्टल अवैध सुन कारोबारमा मुद्दा दर्ता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – राजस्व अनुसन्धान विभागले पहिलो पटक डेढ क्वीन्टल भन्दा बढी सुनको कारोबार भएको आरोपमा दुईजनाविरुद्ध मुद्दा चलाएको छ।
 
विभागले सोमबार पत्रकार सम्मेलन गरी शुक्रबार (जेठ ३१ गते) विजय कुमार साह र अनुकेश कुमार साहविरुद्ध अवैध सुनको कारोबार गरेको आरोपमा मुद्दा दर्ता गरेको जानकारी दिएको छ। 

विभागका अनुसार उनीहरुले ८३ करोड १० लाख ४७ हजार ७२० नेपाली रुपैयाँ बराबरको १५६ किलो, ६८७ ग्राम ३५० मिलिग्राम सुन अवैध कारोबार गरेका थिए भने उनीहरुको साथबाट  ९९९ ग्राम ८२० मिलिग्राम अर्थात ५० लाख ५७ हजार ६८९ रुपैयाँ बराबरको सुन गत बैशाख २० गते बरामद गरेको थियो। 

विभागले उनीहरुलाई कुल ८३ करोड १० लाख ४७ हजार ७२० रुपैयाँ राजस्व चुहावट र विगो दाबीसहित मुद्दा दायर गरेको थियो। 

पक्राउ परेका अनुकेश कुमार साहको मोवाइलबाट कारोबारको विवरण हेर्दा अरु जानकारी पाएपछि अनुसन्धान विभागको टोलीले डेढ क्वीन्टल भन्दा बढीको सुन अवैध कारोबार गरेको जानकारी पाएको थियो। सोही आधारमा थप अनुसन्धानको क्रममा ९९९ ग्राम ८२० मिलिग्राम सुन विभागले बरामद गरेको थियो।   

विभागका प्रमुख दीर्घराज मैनालीका अनुसार यो ६ महिनायताकै सवैभन्दा ठूलो सफलता हो। उनले साहको मोवाइलबाट सुनचाँदी कारोबारको विवरण हेर्दा कानुन विपरित अवैध रुपमा विना अनुमति सो परिणामको कारोबार भएको पाइएको र थप अनुसन्धानको क्रममा ९९९ ग्राम ८२० मिलिग्राम सुन बरामद गरिएको जानकारी दिए। 

मैनालीले ती दुईविरुद्ध राजस्व चुहावट ऐन बमोजिम जनही दोब्बर विगो जरिवानासहित जिल्ला अदालतमा मुद्दा दायर गरेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्