काठमाडौं- संत कवीर जयन्ती काठमाडौंमा पनि मनाइएको छ। प्रत्येक वर्ष जेष्ठ शुक्ल पुर्णिमाको दिन कवीर जयन्ती नेपाल र भारतसहित विभिन्न देशमा मनाइन्छ।
कवी एवं समाज सुधारक कवीर दासको जन्म भारतको बारणसीमा भएको थियो। कवीरको बाटो अर्थात कवीर पन्थमा हिड्ने लाखौंको संख्यामा छन्।
उनलाई भोजपुरी, अवधी, पंचमेल खिचडी, राजस्थानी र हिन्दीका साहित्याकारहरुले पनि आर्दशको रुपमा मान्ने गरेको छ।
भोजपुरी प्रज्ञा प्रतिष्ठानले सोमबार एक कार्यक्रम गरी कवीर जयन्ती मनाएको छ। कार्यक्रममा सहभागीहरु कवीर दासमाथि चर्चा गरेका थिए।
कवीर जयन्तीकै अवसरमा विश्व भोजपुरी दिवस पनि मनाइन्छ। उक्त कार्यक्रममा भोजपुरी भाषाका विषयमा पनि मन्थन भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४