मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारी जग्गा हडप्ने मालपोत प्रमुख सहित १६ जनाविरुद्ध मुद्दा दर्ता 

सरकारी जग्गा हडप्ने मालपोत प्रमुख सहित १६ जनाविरुद्ध मुद्दा दर्ता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- मालपोत कार्यालय जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख   गोविन्द प्रसाद न्यौपानेसहित १६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मुद्धा दर्ता गरेको छ।

जुम्लाको गुठीचौरस्थित गुठीचौर भेडा बाख्रा फारमको सरकारी जग्गा कार्यालय प्रमुख न्यौपानेलगायतका कर्मचारीहरुले नापी कार्यालय र भेडा फारमसँग मिली करिब ९३ हजार बर्गमिटर क्षेत्रफल व्यक्तिको नाममा नामसारी गरेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार ऐन, २०२१ विपरित सरकारी जग्गा गलत नियतले हदबन्दी भन्दा बढी दर्ता गरेको र बिक्री वितरणसमेत गरेको सूचना पाएपछि अनुसन्धान अगाडि बढाएको थियो।

सशस्त्र द्वन्द्वको बेला जिल्ला मालापोत जुम्लाको भवन तत्कालीन माओवादीले जलाएका थिए। कागजपत्र नष्ट भएको थियो। उक्त जग्गाको हकदाबी गराई मालपोत कार्यालयले नामसारी गराएको थियो। व्यक्तिको नाममा सारीएको उक्त सरकारी जग्गा भेडा तथा बाख्रा अनुसन्धान कार्यक्रमका प्रमुख प्राविधिक कर्मचारी यमुना कुमार श्रेष्ठलाईसमेत आर्थिक प्रलोभनमा पारी नामसारी गरिएको खुलेको छ।

अख्तियारले तत्कालीन मालापोत कार्यालय जुम्लाका निमित्त प्रमुख न्यौपाने, तत्कालीन खरिदार हाल मालपोत कार्यालय चावहिलका नायव सुब्बा बिजय शर्मा न्यौपाने र तत्कालीन भेडा तथा बाख्रा अनुसन्धान कार्यक्रम गुठीचौर जुम्लाका कार्यालय प्रमुख यमुना कुमार श्रेष्ठ सरकारी जग्गा आफ्नो नाममा नामसारी गर्ने  हरिहर न्यौपाने, मुनिश चन्द्र न्यौपाने, मायालाल न्यौपाने, बिष्णु न्यौपाने, बिष्णु ऋषि न्यौपाने, बिष्णुलाल न्यौपाने, पार्वती न्यौपाने, नवऋषि न्यौपाने, धनप्रसाद न्यौपाने, देवेन्द्र प्रसाद उपाध्याय, जानकी दत्त देवकोटा, गोमा न्यौपाने, केशवराज न्यौपाने, कविदत्त न्यौपानेविरुद्ध आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।