मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीले गुठी विधेयकबारे उपत्यकाका सांसद र विज्ञसँग छलफल गर्दै

प्रधानमन्त्री ओलीले गुठी विधेयकबारे उपत्यकाका सांसद र विज्ञसँग छलफल गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे काठमाडौं उपत्यकाका सांसद तथा यहाँका भूमि विज्ञहरुसँग छलफल थालेका छन्।

गुठी विधेयकको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री ओलीले सोमबार दिउँसो बालुवाटारमा बोलाएर सांसद तथा विज्ञहरुसँग छलफल थालेको ओलीको सचिवालयले जनाएको छ।

छलफलका लागि उपत्यकाका धेरैजसो सांसद सहभागी भएका छन्। काठमाडौं जिल्लामा नेपाली कांग्रेसबाट निर्वाचित अधिकांश सांसदहरुले हिजो विधेयकको विरोध गर्दै कार्यक्रम गरेका थिए।

गुठी विधेयकको विरुद्ध काठमाडौंमा लगायतार प्रदर्शन भइरहेका छन्। नेवार समुदायको बाहुल्यता रहेको काठमाडौंमा जारी प्रदर्शनले प्रधानमन्त्रीलाई छलफलका लागि बाध्य बनाएको हो। सत्तारुढ नेकपाभित्रै पनि उपत्यकाका सांसदहरुले विधेयकप्रति तिब्र असन्तुष्टी व्यक्त गरेका छन्।

विधेयक विरुद्धको आन्दोलनमा प्रतिपक्षी दल कांग्रेसले एक्यबद्धता जनाइसकेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।