मंगलबार, साउन २६, २०८३

एकनाथ ढकालले खोज्न थाले संसदमा भाग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाल परिवार दलका अध्यक्ष एवं क्रिश्चियन धर्म प्रचारक एकनाथ ढकालले संघीय संसदमा भाग खोजेको छन्। अघिल्लो चुनावका बेला तत्कालिन नेकपा एमाले र परिवार दलबीच भएको तीन बुँदे सहमति अनुसार ढकालले संघीय संसदमा आफ्नो भाग मागेको हो। 

परिवार दललाई संघीय संसदमा प्रतिनिधित्व गराउने सहमति तत्कालिन नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। प्रधानमन्त्री ओली यूरोप भ्रमणबाट फर्केलगतै ढकालले भेटेर आफ्ना माग राखेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेट्दै ढकालले आफ्नो पार्टीले चलाएको राष्ट्र जागरण अभियान बारे पनि जानकारी गराएका थिए। ढकालले आफ्नो फेसबुकमा लेखेअनुसार प्रधानमन्त्री ओली पछि अब नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई पनि तीन बुँदे सहमतिका विषयमा ध्यानाकर्षण गराइनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।