मंगलबार, साउन २६, २०८३

‘मन्त्री आकाशबाट जन्मेका होइनन्’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- संघीय संसदको प्रतिनिधिसभामा गुठी विधेयक र लोकसेवा आयोगको विज्ञापनको विरोध भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयकको विरोध गर्दै फिर्ता लिनु पर्ने अडान राखेको छ।

बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले वार्ता र सम्बादको मार्फत गुठी विधेयकको समस्या समाधान गर्नु पर्ने बताए। गुठीलाई समान्तको अवशेस भन्दै हटाउने भनेर घोषणा गरेका मन्त्रीमाथि सांसद बडुले आक्रोस व्यक्त गरे।

कांग्रेसले गुठी विधेयकको विरोधमा हुने आन्दोलनलाई समर्थन जनाएको छ।

यसैबीच अर्का प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले लोकसेवा आयोगको विज्ञापनको विरोध गरेको छ।

प्रतिनिधि सभाको बैठकमा राजपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्ण संसदीय समितिले विज्ञापन रोक्न दिएको निर्देशन कार्यन्वयन गराउन सभामुखलाई आग्रह गरेका छन्। 

‘मौलिक विशेषता अन्तरगत समानुपातिक समावेशी छ। संविधानको प्रस्तावनाले स्वीकार गरेको छ। धारा ४२ मा राज्यको हरेक अंग समानुपातिक समावेशी हुने भनिएको छ। यसलाई कसैले पनि अपहरण गर्न पाँइदैन। लोकसेवाको विज्ञापनमाथि बहस चल्दैछ। समितिको निर्देशन छ तर मन्त्रीले संसदको निर्देशन मान्दिँन भन्छन्।’ कर्णले भने।

‘मन्त्री आकाशबाट आएको होइन। यही संसदले जन्माएको छ मन्त्रीलाई।’ कर्णले भने,‘संविधान र कानून नमान्ने भएपछि यो देश कस्ले चलाउँदैछ। एक जना मन्त्रीले चलाउँछ यो देश ?’

‘मधेशी, जनजाति, आदिवसी, महिला, दलितले पाएको अधिकार खोस्नु भएन।’ कर्णले भने,‘राज्य व्यवस्था समितिको निर्देशन कायम हुनु पर्छ। सभामुख संसदको अभिभावक हो। संसदको अभिभावक भएकाले यस विषयमा बोल्नु आवश्यक छ। संसदीय मर्यादाको नष्ट नहोस् भन्ने निवेदन गर्छु।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।