मंगलबार, साउन २६, २०८३

उखरमाउलो गर्मी कहिलेसम्म ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- केही दिनयता लगातार बढेको गर्मी अझै केहि दिन कायमै रहने भएको छ ।

मनसुन नभित्रिएसम्म गर्मी कम नहुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । फाट्टफुट्ट वर्षा भएपनि त्यसले तापक्रम नघटाउने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।  

मौसमविद् अनुसार यसवर्ष मनसुन भित्रिन ढिलो भएकै कारण गर्मी बढेको हो । सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रिने गर्छ। तर, यसवर्ष जुन १७ भइसक्दा पनि अझैसम्म मनसुन भित्रिएको छैन् । जसका कारण तराई क्षेत्रको तापक्रम ४३ डिग्री नाघेको छ । काठमाडौं उपत्यकामा समेत ३४ डिग्री तापक्रम पुगेको  छ। 

अबको एक हप्ता भित्र नेपालमा मनसुन भित्रिने र त्यसले क्रमश तापक्रम घटाउँदै लैजाने मौसमविद् श्रेष्ठले बताए । उनका अनुसार मनसुन नेपालको सिमा क्षेत्रमा आइपुगेको छ । जुन २० तारिकसम्ममा नेपालको पूर्वी क्षेत्रमा मनसुन आइपुग्ने उनले बताए । 

यस्तै आज साँझ देशका पहाडी क्षेत्रमा हल्कादेखि भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई क्षेत्रमा भने वर्षाको सम्भावना अत्यन्त न्यून छ । 

काठमाडौं उपत्यकामा भने फाटफुट वर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए। मंगलबार पनि मौसम करिब यस्तै हुने उनले बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।