मंगलबार, साउन २६, २०८३

साधारण तारिखमा छुटे प्रनेश गौतम 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- चलचित्रको व्यंग्यात्मक समीक्षा गर्दा पक्राउ परेका प्रनेश गौतम रिहा भएका छन् । प्रहरीले आइतबार अपराह्न साधारण तारिखमा उनलाई रिहा गरेको हो । 

‘स्ट्यान्ड अप कमेडियन’ का रूपमा परिचित गौतमविरुद्ध प्रहरीले शुक्रबार जिल्ला अदालत काठमाडौंमा साइबर क्राइम ऐनअन्तर्गत मुद्दा दायर गरेको थियो । जिल्ला अदालत काठमाडौंले मुद्दामाथि थुनछेक बहस गर्दै आइतबार गौतमलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो ।

गौतमले चलचित्र ‘वीर विक्रम–२’ को व्यंग्यात्मक समीक्षा गरेर युट्युबमा राखेपछि प्रहरी पक्राउ गरेको थियो । उनलाई साइबर क्राइम ऐनअन्तर्गत जेठ २५ गते पक्राउ गरिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।