मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ बजेट : कोशी किनारलाई कृषि भूमि, चतरा–तुम्लीङटार जलयात्रा संचालन

प्रदेश १ बजेट : कोशी किनारलाई कृषि भूमि, चतरा–तुम्लीङटार जलयात्रा संचालन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी- प्रदेश १ सरकारले  ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक बर्ष २०७६/७७को लागि प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन।
बजेटको ४३.९ प्रतिसत अर्थात् १८ अर्ब, ५४ करोड, ६४ लाख७६ हजार चालु बजेट रहेको छ   भने ५५.९ प्रतिशत अर्थात् २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार पूँजीगत बजेट रहेको छ। बित्तिय व्यवस्थातर्फ भने कुल बजेटको ८ करोड र  अन्तर सरकारी हस्तान्तरणको लागि ९९ करोड ९९ लाख ९८ हजार बजेट बिनियोजन गरिएको छ।

आज प्रस्तुत गरिएको प्रदेश १ सरकारको दोश्रो बजेट गतबर्ष भन्दा झन्डै ६ अर्ब बढिहो। गत आर्थिक वर्षमा प्रदेश सरकारले ३५ अर्ब ३ करोडको बजेट प्रस्तुत गरेको थियो। 
बजेटले कोशी टप्पु क्षेत्रमा नदिले छाडेको सार्वजनिक जग्गालाई बस्तीरहित कृषि भूमिको रुपमा विकास गर्ने बताएको छ ।

यसैगरी, प्रादेशिक पहिचानयुक्त विशिष्ठ बालीको रुपमा रहेका चिया, अलैंची, अदुवा, किवि तथा सुन्तलाको उत्पादन, भन्डारण, प्रशोधन तथा ब्रान्डिङ गर्न जोड दिइने बजेटमा बताइएको छ । यो कार्यक्रमको लागी १६ करोड ८७ लाख बजेट बिनियोजन भएको छ। 

प्रदेश सरकारले सगरमाथा आधार शिविरदेखि कंचननजंगा क्षेत्रसम्म पदमार्ग निर्माण प्रारम्भ गर्ने कार्यक्रम ल्याएको छ।
प्राविधिक जनशक्ति उत्पादनको लागि मनमोहन प्राविधिक विश्वविद्यालयको स्थापना गर्ने, युवा वैज्ञानिकको खोज अनुसन्धानको लागी १ करोडको युवा आविष्कार कोषको व्यवस्था गरेको
 बजेटमा उल्लेख गरिएको छ। 

सन २०२५ सम्मप्रदेश १ लाई बालविबाह मुक्त प्रदेश निर्माण गर्ने बताइएको बजेट बक्तव्यमा जल यात्राको कुराहरु पनि समेटिएको छ। चतरादेखि तुम्लिङटार लगायतको सप्तकोशीका सहायक नदिहरुमा सहज रुपमा जल यातायात संचालन गर्ने पनि बजेटमा उल्लेख गरिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।