काठमाडौं- आज असार ०१ गते आइतबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
कांग्रेस सांसद गगन थापाले देशमा सरकारविरुद्ध बोल्ने केही पनि सुरक्षित नरहेको बताएका छन्। प्रतिनिधिसभाको विशेष समयमा आइतबार बोल्दै सांसद थापाले सरकारका अरिंगाल मात्र सुरक्षित रहेको दाबी गरे।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले सत्ता समीकरण बदल्ने खेल भइरहेको खुलासा गरेका छन्।
अत्यधिक गर्मीका कारण हेटौँडा उपमहानगरपालिकाले पाँच दिनका लागि सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरेको छ।
भारतले संसारको सर्वोच्च शिखर सगरमाथामा योग प्रशिक्षण दिएको छ। पाँचौ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा तयारी स्वरुप भारतीय दूतावास काठमाडौंले सगरमाथा जाने नाम्चे बजारमा योग प्रशिक्षण दिएको हो। नाम्चे बजारबाट सगरमाथाको बेस क्याम्पसम्म योगाभ्यास गरिएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन्। आइतबार पत्रकारसँगको कुराकानीमा उनले महाधिवेशन नियमित हुनुपर्ने आवश्यकता औंल्याएका हुन्।
प्रधानसेनापति पूर्णचन्द्र थापा पहिलो पटक चीन भ्रममा गएका छन् । चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा आइबार बिहान प्रधानसेनापति थापा ८ सदस्यीय टोलीसहित चीन प्रस्थान गरेका हुन्।
उखरमाउलो गर्मीले प्रदेश ५ को तराई क्षेत्रको जनजीवन कष्टकर बनेको छ। बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीका विभिन्न भूगोलमा यतिबेला लु चलिरहेको छ। भित्री मधेसका रूपमा रहेको दाङ उपत्यकामा पनि असाध्यै गर्मी छ।
राणा शासनविराधी आन्दोलनका क्रममा २००४ सालमा भएको ‘जयतु संस्कृतम्’ आन्दोलनको सम्झनामा आइतबार काठमाडौंमा विशेष कार्यक्रम गरिएको छ। यस क्रममा बिहान प्रभातफेरी आयोजना गरिएको छ। राजधानीको प्रदर्शनीमार्गबाट सुरु भएको प्रभातफेरी सहरका विभिन्न भाग हुँदै जमलस्थित जयतु संस्कृतम्को स्तम्भमा पुगेर समापन भएको थियो।
गुठी विधेयकको विरोधमा जनकपुरका साधुसन्त आन्दोलनमा उत्रेका छन्। सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयक हिन्दु धर्म संस्कृतिमाथिको प्रहार रहेको भन्दै उनीहरु आन्दोलनमा उतरेका हुन्। उनीहरूले विधेयक फिर्ता लिन माग गरेका छन्।
महनगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकामा चल्ने सार्वजनिक यातायातमा पाकेट मार्न संलग्न ८२ जनालाई पक्राउ गरेको छ। उपत्यकामा चोरी डकैती बढेपछि प्रहरीले विशेष अपरेसन चलाएको थियो।
सवारी चाप व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङ प्रणाली सञ्चालनमा ल्याएको छ। स्मार्ट पार्किङ राजधानीको व्यस्त बजार न्युरोडमा सुरु गर्न लागिएको हो।
सीमा वारपार पेट्रोलियम इन्धनमा फराकिलो मूल्य अन्तरका कारण व्यापक परिमाणमा तस्करी भइरहेको छ। तस्करी नियन्त्रणका लागि नेपाल आयल निगमले वितरकको वास्तविक क्षमता अनुसारमात्र इन्धन उपलब्ध गराउन थालेपछि वितरकले विरोध जनाएका छन्।
पश्चिम तराईमा अत्यधिक गर्मी बढेपछि बिरामीको संख्या बढेको छ। गर्मी बढेपछि झाडापखाला र ज्वरोका बिरामीको संख्या बढेको पाइएको छ। गर्मीले खाना नपच्ने हुदा झाडापखालाका लाग्ने गरेको चिकित्सकहरु बताउँछन्। गर्मीले नै भाइरल ज्वरो आउनेको संख्या पनि बढेको पाइएको छ।
प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारका गतिविधिले मुठभेड निम्त्याउने भन्दै सच्याउँन सरकारलाई सुझाव दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिवद्धता जनाएका छन् ।
स्वदेश फर्किन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन पुगेका दुई जना पक्राउ परेका छन्।
अत्याधिक गर्मीका कारण पूर्वी तराईका विभिन्न जिल्लाहरुमा धमाधम विद्यालय बन्द गर्न थालिएको छ । धनुषा, महोत्तरी, बारालगायतका जिल्लाका विद्यालय आइतबारबाट बन्द गरिएको छ ।
डडेल्धुराको आलिताल गाउँपालिका–८ कुर्जेनिमा ट्र्याक्टर दुर्घटना हुँदा शिक्षकको मृत्यु भएको छ ।
सरकारले नेत्रविक्रम चन्द विप्लव समूहका गतिविधिमाथि गत फागुन २८ गते प्रतिबन्ध लगाउने घोषणा गर्यो ।
सातवटै प्रदेश सरकारले आफ्नो दोस्रो बजेट आइतबार (आज) सार्वजनिक गर्दैछन् ।
गृह मन्त्रालयले १९ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) सरुवा गरेको छ । मन्त्रालयले सातवटै प्रदेशका प्रहरी प्रमुख पनि परिवर्तन गरेको छ ।
कोपा अमेरिका अन्तरगत आफ्नो पहिलो खेलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले लज्जासपद हार व्यहोरको छ । आइतबार बिहान कोलम्बियासँग भएको खेलमा अर्जेन्टिनाले २-० को लज्जासपद हार व्यहोरेको हो ।
साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली आइतबार (आज) स्वदेश फर्कंदै छन् ।
आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (आइतबार) चिर-प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने सामने हुँदै छन् । खेल म्यानचेस्टरमा दिउँसो ३ः१५ बजे सुरु हुने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४