मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाण्डौँ महानगरलाई चिनियाँ महानगरको ब्रुमर उपहार

काठमाण्डौँ महानगरलाई चिनियाँ महानगरको ब्रुमर उपहार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- चीनको छेङ्दु महानगरपालिकाले काठमाडौं महानगरपालिकालाई २ वटा ब्रुमर उपहार दिएको छ । आइतबार काठमाडौंमा ब्रुमर हस्तान्तरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य छिमेकी देशको साँस्कृतिक आदानप्रदान र ब्रुमर हस्तान्तरण रहेको थियो । छेङ्दुले महानगरलाई दिएका ब्रुमर, युरो ५ मापदण्डका हुन् । महानगरको मेकानिकल शाखाका प्रमुख प्रमोद डंगोलका अनुसार ८.६ मिटर लम्बाइ र ३.५ मिटरका ब्रुमरमा २ वटा इञ्जिन छन् ।

गाडी सञ्चालन गर्ने इञ्जिनको क्षमता १५५ किलोवाट छ भने ब्रुमर चलाउने इञ्जिनको क्षमता ११८ किलोवाट छ । १५.८ मेट्रिक टन तौल भएका बु्रमरहरु डिजेलले चल्छन् । धुलो र पात पतिङ्कर संकलन गर्न प्रयोग गर्न सकिने हरेक बु्रमरमा ७ घनमिटर धुलो संकलन गर्ने र ९ घनमिटर पानी बोक्ने क्षमता छ । 

ब्रुमरले सडक सफा गर्दा पहिले पानी छर्केर धुलो नउड्ने बनाएपछि धुलो तथा पतिङ्गर तान्छ । ९८ किलोमिटर प्रतिघण्टा गति भएको यसले, सडकको अवस्था हेरी प्रति घण्टा ३ किलोमिटरदेखि २० किलोमिटरसम्म सडक सफा गर्न सक्छ ।

भन्सारबाहेक यी २ वटा ब्रुमरको मुल्य २ करोड २७ लाख ३७२ रुपैयाँ हो । यस बाहेक, काठमाडौँ महानगरपालिकाले  ५ वटा ब्रुमर चलाउँदै आएको छ । पहिले ब्रुमरभन्दा अझ अत्याधुनिक र बढी फोहोर संकलन क्षमता रहेको  महानगरको मेकानिकल शाखाका प्रमुख प्रमोद डंगोलले बताए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।