मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम : २८ अर्बको बजेट, सांसदलाई ३ करोड, कर्मचारीको तलब बृद्धि

सुदूरपश्चिम : २८ अर्बको बजेट, सांसदलाई ३ करोड, कर्मचारीको तलब बृद्धि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ लागि २८ अर्व १६ करोड २० लाख ३५ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले उक्त बजेट पेश गरेका हुन् । आइतबार प्रदेश सभामा बोहोराले पूँजीगततर्फ १३ अर्ब ६ करोड ४६ लाख र चालूतर्फ १२ अर्ब ५७ करोड २६ लाख बजेट विजियोजन गरिएको जानकारी दिए ।

प्रदेश सरकारले कृषि, सडक, खानेपानी, सिचाई, उर्जा, तटबन्ध लगायतका पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।

मुख्यमन्त्री एकिकृत कृषि कार्यक्रम अन्तरगत नमूना कृषि गाउँ आफै बनाउँ भन्ने नाराका साथ प्रत्येक स्थानीय तहलाई ५० लाखका दरले ४४ करोड बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमका लागि गत बर्षको भन्दा एक करोड थपेर  प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोड विनियोजन गरिएको हो । 

एक स्थानीय तह एक औद्योगिक उत्पादन सम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखी प्रदेशको अर्थतन्त्रमा नेतृत्वदायी भूमिका प्रदान गर्न उद्योग व्यापारको स्थापना, रोजगारी सृजना र आर्थिक क्रियाकलापलाई तिव्रता दिन एक निर्वाचन क्षेत्रमा दुई नवीन उद्योग संचालन गर्न ३ करेड २० लाख छुट्याईएको छ । चालु आर्थिक बर्षको बजेट बक्तव्यमा व्यवस्था गरिएको प्रदेश बस सेवा संचालनका लागि यस बर्ष प्रदेश यातायात प्राधिकरण गठन गर्न १३ करोड बिनियोजित गरिएको छ । 

‘सानै छु म बढ्न देऊ, बाल बिवाह होइन पढ्न देऊ’ भन्ने नाराका साथ बालविवाह अन्त्य गर्न प्रदेश सांसद, स्थानीय तहका पदाधिकारी, सामाजिक संघ संस्था, आमा समूह, बाल क्लब समेतको संलग्नतामा अभियान संचालन गरिने र नमूनाको रुपमा बाजुरा र दार्चुला जिल्लाबाट सो अभियान संचालन गरिने उल्लेख छ । 

प्रदेश सरकारको विनियोजनबाट पारिश्रमिक प्राप्त गर्ने राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र अन्य कर्मचारीहरुको शुरु तलवमानमा आगामी २०७६ साउन १ गते देखि लागुहुने गरी सहायकस्तर वा सो सरहको २० प्रतिशत र अधिकृतस्तर वा सो सरहको १८ प्रतिशतले बृद्धि गरिएको छ । 

यसैबीच प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदिय दलका नेता डाक्टर रणबहादुर रावलले भने बजेटले प्रदेशको गरिबी, पछ्यौटेपन घटाउनमा कुनै प्रभाव नपार्ने प्रतिक्रिया दिए । चालु र पुँजिगत खर्चमा गत बर्षको भन्दा दुई प्रतिशतको फरक पारेर केहि सकरात्मक संन्देश दिन खोजेपछि बजेट समग्रमा कनिका छराई भएको उनको आरोप थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।