मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • डिप्रोक्स लघुवित्तले कृषक ग्राहकलाई दियो अभिवृद्धि तालिम

डिप्रोक्स लघुवित्तले कृषक ग्राहकलाई दियो अभिवृद्धि तालिम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

टीकापुर– डिप्रोक्स लघुवित्त वित्तिय संस्थाले कैलालीको दुर्गौलीमा ग्राहक सदस्यहरूको क्षमता अभिवृद्धि कार्यक्रम अन्र्तगत तरकारी खेती सम्बन्धि तालिक दिएको छ। 

कृषक ग्रहक सदस्यको जीवन स्तर उकास्नका लागि तालिमको आयोजना गरिएको बताइएको छ। संस्थाका सात नम्बर प्रदेश प्रमुख केशवराज पाठकले संस्थाले दिएको तालिमको कृषक महिलाको जीवनस्तर उकास्न टेवा पुग्ने विश्वा व्यक्त गरे। उनले प्राप्त तालिमको सही सदुपयोग गर्नसमेत आग्रह गरेका छन्।

यस्तै दुर्गौली शाखा प्रमुख मेखराज जोशीले संस्थाले आगामी दिनमा पनि ग्राहकको जीवनस्थर उकास्न यस्ता खाले कार्यक्रमलाई निरन्तरता दिने बताए। शत्ति बजार शाखाका प्रमुख जीवनराज पाठकले कृषकले प्राप्त तालिमबाट कृषकले मनग्य आम्दानी गर्ने विश्वास व्यक्त गरे।

तालिममा ३५ जनाले सहभागीता जनाएका थिए। उनीहरूलाई कृषक प्राविधिक गोरख बहादुर सिंह र चक्रप्रसाद भाटले तालिम दिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्