मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली प्रदेशको बजेट, पूर्वाधारलाई प्राथमिकता (पूर्ण पाठसहित)

कर्णाली प्रदेशको बजेट, पूर्वाधारलाई प्राथमिकता (पूर्ण पाठसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार विनियोजन गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले संसदमा आज प्रस्तुत गरेको बजेटमध्ये चालु तर्फ  १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार रहेको छ । बजेटमा सरकारले २५ करोड १० लाख ४१ हजार रुपैँया आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको छ ।

‘आफ्नो प्रदेश, आफै बनाऔँ’ भन्ने मूल ध्येयका साथ पूर्वाधार निर्माणलाई कर्णाली प्रदेशले पहिलो प्राथमिकता दिएको छ । प्रदेशको दिगो विकास र समृद्धिका लागि सडक पूर्वाधारद्वारा यातायातको पहुँच विस्तारलाई पहिलो प्राथमिकतामा राखेको हो । 

कर्णाली प्रदेशका जिल्ला र निर्वाचन क्षेत्रहरुमा पूर्वाधार विशेष कार्यक्रमका लागि १ अर्ब २० करोड, एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम २४ वटा बहुबर्षीय सडकका लागि १ अर्ब २९ करोड रकम विनियोजन गरेको छ । त्यस्तै एक निर्वाचन क्षेत्र, एक सडक कार्यक्रम अन्तर्गत जिल्ला सदरमुकामबाट स्थानीय तहको केन्द्र जोड्ने र सडकको स्तरोन्नति गर्ने २४ करोड, जनता सडक कार्यक्रमका लागि ६३ करोड विनियोजन गरेको छ ।

त्यस्तै पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न १ करोड, डोल्पा, हुम्ला, मुगु, जुम्ला र कालीकोट जिल्लामा आवासीय विद्यालय स्थापना गर्न ३ करोड ७५ लाख विनियोजन छुट्याएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।