मंगलबार, साउन २६, २०८३

'सत्ता समीकरण बदल्ने खेल हुँदैछ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले सत्ता समीकरण बदल्ने खेल भइरहेको खुलासा गरेका छन्।

आइतबारको प्रतिनिधि सभाको बैठकमा उनले शान्ति प्रक्रियाको मुद्दा उचालेर सरकारको समीकरण बदल्ने खेल भइरहेको दाबी गरे।

‘विदेशीले शान्ति प्रक्रियालाई अवरोध गर्ने प्रक्रियामा लागि राखेको छ । यहाँका कतिपय दलका नेताहरु यही मुद्दालाई लिएर समीकरणमा खेल्न सकिन्छ कि भनेर, सरकार फेर्न सकिन्छ कि भन्नेक संकिर्ण सोचबाट पनि हेरिरहेका छन्।’ उनले भने, ‘कतिपयले यही मुद्दालाई उठाएर पेलेको पेलेइ गरेर आफू सधै सत्तारुढ बन्नक पाइन्छ भन्नेर प्रकारको सोचले पनि काम गरिरहेका छन्। कतिपयले यही मुद्दालाई केन्द्रविन्दु बनाएर समीकरण फेर्ने, टुटाउने, फुटाउने ढंगले जान सकिन्छ भन्नेभ संकिर्ण सोचले पनि काम गरिराखेको छ भन्ने  लाग्छ।’

विभिन्ने विधेयकलाई लिएर सदन र सडकमा सरकारको विरोध भइरहेका बेला सत्तारुढ दलका प्रमुख सचेतक गुरुङले यस्तो बताएका हुन्। 

नेताहरुको कमजोरीबाट नाजायज फाईदा उठाएर फेरी नेपालमा विदेशी सेना भित्र्याउने चलखेल भइरहेको उनले बताए। नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउने र छिमेकी राष्ट्रको रुपमा प्रयोग गर्ने दिसामा मुलुक अघि बढेको भन्दै उनले चिन्ता व्यक्त गरे। 

‘नेपाल अव विदेशी सेनाको अखडा स्थल बन्यो भनेर अफगानिस्थान जस्तो मात्रै हुनेवाला छैन। दक्षिण कोरिया मात्रै हुनेवाला छैन।’ उनले भने, ‘दुईवटा छिमेकी राष्ट्रको वीचमा विदेशी सेनाको अखडा बन्यो भने नेपालको भूगोल रहन्छ कि रहदैन ? त्यो दिशा तर्फ जाँदै छ।’

पश्चि,मा शक्तिले फेरी पनि शान्ति प्रक्रियासँग जोडिएको मुद्दालाई हतियारको रुपमा प्रयोग गर्न खोजिरहेको भन्दै उनले समयमै शान्ति प्रक्रियाका बाँकी विषय टुंगोमा पुर्या उन सरकारको ध्यानाकर्षण गराए।

शान्ति प्रक्रियाका बाँकी मद्दा सम्बोधन नभएको भन्दै उनले त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए। नेपालमा फेरी पनि द्वन्द्व  निम्त्याएर विदेशी सेना नेपालमा भित्र्याउने छिमेकी राष्ट्रविरुद्ध प्रयोग गर्ने षड्यन्त्रमा विदेशी शक्ति लागेको उनको तर्क छ। 

हालै संयुक्तराष्ट्रसंघ समेतको संलग्नतामा पश्चि मा शक्ति केन्द्रहरुले संयुक्त वक्तव्य निकालेर शान्ति प्रक्रियालाई अवरोध पुर्या उने काम गरेको दाबी गरे। संयुक्त राष्ट्रसंघ नेपाल पक्षधर हुँदा हुँदै कुटनीतिक मर्या दा उलंघन गरेर नौ वटा मुलुकसँग मिलेर संयुक्त वक्तव्य निकालेर शान्ति प्रक्रियालाई अवरोध खडा गरेको दाबी उनले गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।