मंगलबार, साउन २६, २०८३

प्रधानसेनापति किन गए चीन ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापा पहिलो पटक चीन भ्रममा गएका छन् । चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा आइबार बिहान प्रधानसेनापति थापा ८ सदस्यीय टोलीसहित चीन प्रस्थान गरेका हुन्।

नेपाल–चीन सैन्य अभ्यास तेस्रो संस्करणको प्रक्रिया अघि बढ्दै गर्दा उनी बिहान साढे ११ बजे एयर चाईनाको उडानबाट चीनको सिचुवान प्रान्तको चेङ्दु, दुजएङयान सहर हुँदै बेइजिङ जाने कार्यक्रम रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

चीनमा रहँदा प्रधानसेनापति थापाले विभिन्न सैन्य सम्झौता कार्यावन्यन र थप सैन्य सहायताबारे छलफल गर्ने भएका छन् । प्रधानसेनापति थापाको चीन भ्रमण क्रममा सैन्य सहयोग सम्झौतामा हस्ताक्षर हुने स्रोतले बताएको छ । 

प्रधानसेनापतिको टोली आज छेङ्दु पुग्ने छ । गत वर्ष असोज १ मा छेन्दुमै नेपाल–चीन संयुक्त सैन्य अभ्यास भएको थियो। उनी त्यहाँबाट चीनको राजधानी बेइजिङ जाने छन्। चिनियाँ समकक्षीलगायत चिनियाँ सेनाका वरिष्ठ अधिकारीसँग समेत उनले भेट गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा उनले पीएलएका विभिन्न युनिट अवलोकन गर्ने छन्। 

सन् १९८८ यता नेपाली सेना र पीएलएबीच सैनिक सहायता सुरु भएको हो। त्यसपछि नेपाली सेना र पीएलएबीच सुमधुर सम्बन्ध बन्दै गइरहेको छ। सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले प्रधानसेनापति थापाको चीन भ्रमण नियमित भएको बताए। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।