मंगलबार, साउन २६, २०८३

महानगरले सुरु गर्यो स्मार्ट पार्किङ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सवारी चाप व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङ प्रणाली सञ्चालनमा ल्याएको छ। स्मार्ट पार्किङ राजधानीको व्यस्त बजार न्युरोडमा सुरु गर्न लागिएको हो।

ह्विलस ट्रलीले सञ्चालन गरेको स्मार्ट पार्किङ प्रणाली न्युरोडको रामेश्वरम्, विशाल बजार, खिचापोखरी, धर्मपथ र पाकोमा उपलब्ध छ। जसमा आठ सय बाइक र ६० वटा गाडी पार्किङ क्षमता छ। मोटरसाइकल एक घन्टाको २५ रुपैयाँ र गाडीका लागि ६० रुपैयाँ शुल्क लाग्नेछ।

स्मार्ट पार्किङका लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गरेमा पार्किङ स्पेसबारे समेत जानकारी पाउन सकिन्छ। पार्किङ गर्नु १५ मिनेट पहिले बुक गर्नुपर्नेछ। तोकिएको समयमा पार्किङ नगरे बुकिङ स्वतः रद्द हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।