मंगलबार, साउन २६, २०८३

गर्मीले बिरामी बढे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- पश्चिम तराईमा अत्यधिक गर्मी बढेपछि बिरामीको संख्या बढेको छ। गर्मी बढेपछि झाडापखाला र ज्वरोका बिरामीको संख्या बढेको पाइएको छ। गर्मीले खाना नपच्ने हुदा झाडापखालाका लाग्ने गरेको चिकित्सकहरु बताउँछन्। गर्मीले नै भाइरल ज्वरो आउनेको संख्या पनि बढेको पाइएको छ। 

सेती अञ्चल अस्पताल धनगढीमा पछिल्लो समय झाडापखाला र भाइरल ज्वरोका बिरामीको संख्या बढेको इमर्जेन्सी इन्चार्ज कृष्ण बोहोराले जानकारी दिए। नियमित बिरामीभन्दा झाडापखाला, भाइल ज्वरोका बिरामी बढेकाले उपचारमा केही असहज भइरहेको उनले जानकारी दिए। 

धनगढीलगायत तराई क्षेत्रको तापक्रम  ४४ डिग्री सेल्सियससम्म रेकड भएको छ। दिउँसोको समयमा प्राय: बजार सुनसान जस्तै हुने गरेका छन्। दिउँसोको समयमा तातो लु चल्ने भएकाले काम गरेर खाने मजदुर बर्ग बढी मारमा परेका छन्। गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले केही समयअघि एक हप्ताका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो। 

कैलालीको घोडाघोडी नगरपालिकाले पनि एक हप्ता शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो। जेठ २३ गते कैलाली र कञ्चनपुरमा आएको विनाशकारी हावाहुरीले घर भत्काएका अधिकांश परिवार चर्को गर्मीमा खुला आकाशमा दिन बिताइहेका छन्। हावाहुरीले बिजुलीका पोल र ट्रास्फर्मर ढल्दा बिजुली अवरुद्ध भएपछि दुई जिल्लाको जनजीवन कष्टकर बनेको छ। 

११ दिन बितिसक्दा पनि अधिकांश क्षेत्रमा बिजुली अझै सुचारु हुन सकेको छैन। बिजलुी नहुँदा निकै कष्टकर बनेको धनगढी उपमहानगरपालिका- १२ जुगेडाका प्रमोद पान्डेयले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।