काठमाडौं- प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारका गतिविधिले मुठभेड निम्त्याउने भन्दै सच्याउँन सरकारलाई सुझाव दिएको छ ।
संसद्को आजको बैठकमा बोल्दै राजपा सांसद प्रमोद साहले संसदमा दर्ता भएको गुठी विधेयक र लोकसेवा आयोगको निर्णय सच्याउन सरकारसँग आग्रह गरेका हुन् ।
आइतबारको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ राजपा सांसद साहले लोकसेवा आयोगले स्थानीय तहका लागि जारी गरेको विज्ञापन रद्द गर्न माग गरे। विज्ञापनको चौतर्फी विरोध भइरहेको भन्दै विज्ञापन रद्द नभए ठूलो विरोधको सामना गर्नु पर्ने चेतावनी दिए। त्यसले जस्तो सुकै रुप लिनसक्ने उनको चेतावनी छ ।
यस्तै उनले मधेश–थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न पनि आग्रह गरे। उक्त प्रतिवेदनका बारे सभामुख महाराले दिएको रुलिङ्ग पालना नगरिएको आपत्ति जनाए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४