मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एयरपोर्टमा ओलीको प्रतिबद्धता- 'गुठी विधेयक सच्चिन्छ'

एयरपोर्टमा ओलीको प्रतिबद्धता- 'गुठी विधेयक सच्चिन्छ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिवद्धता जनाएका छन् । 

एकसाता लामो युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विधेयक सच्याउने प्रतिवद्धता जनाएका हुन् । उनले भने, जानेर वा अन्जानमा धर्म संस्कृतिमा प्रतिकूल असर पर्ने कुनै पनि बुँदा भए त्यसलाई सच्याइँनेछ ।’

उनले यो सरकार जनताको मन दुखाउन नभइ हसाउँन बनेकोले कुनै गल्ती भए सच्याउने बताएका हुन् । सरकारले अन्जानमा गरेको गल्तीमा कसैलाई पनि नखेल्न उनले चेतावनी दिए ।  

प्रधानमन्त्री ओली गत जेठ २५ गते साताव्यापी युरोप भ्रमणमा निस्किएका थिए । उनी भ्रमणका क्रममा स्वीजरल्याण्ड, बेलायत र फ्रान्स पुगेका थिए । 

युरोप भ्रमणका क्रममा ओलीले गत सोमबार स्वीट्जरलयाण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकीको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गरेका थिए। जेनेभामा रहँदा साइडलाइनमा प्रधानमन्त्रीले केही द्विपक्षीय भेटघाटसमेत गरेका थिए।

प्रधानमन्त्रीले बेलायतको औपचारिक भ्रमणको सिलसिलामा बेलायतकी प्रधानमन्त्री थेरसा मेसँग भेटवार्ता गरेका थिए भने अक्सफोर्ड विश्वविद्यालयमा आयोजित एक विशेष समारोहलाई सम्बोधन समेत गरेका थिए।

बेलायतपछि फ्रान्सको औपचारिक भ्रमण गरेका प्रधानमन्त्री ओलीले बुधबार, बिहीबार र शुक्रबार फ्रान्समा समय विताए। त्यहाँ ओलीले फ्रान्सेली समकक्षि इजुआर्ड फिलिपेसँग भेटवार्ता गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।