मंगलबार, साउन २६, २०८३

सातै प्रदेशको बजेट आज : कसको बजेट कति ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सातवटै प्रदेश सरकारले आफ्नो दोस्रो बजेट आइतबार (आज) सार्वजनिक गर्दैछन् । 

प्रदेश सरकार गठन भएपछि दोस्रोपटक ल्याउन लागिएको बजेटमा सबैजसो प्रदेशले साना आयोजनाभन्दा पनि ठूला आयोेजनालाई प्राथमिकतामा परेका छन्। कृषि, पर्यटन, सडक, खानेपानी र उद्यमलाई प्राथमिकतामा राखेका छन्।

सातवटै प्रदेशको कुल बजेटको आँकडा २ खर्ब ५४ अर्ब पुग्ने अनुमान छ। आर्थिक वर्ष २०७६/७७ को बजेटमा सबैभन्दा आकारको बजेट प्रदेश ३ ले पेस गर्दैछ भने सबैभन्दा सानो आकारको बजेट सुदुरपश्चिम प्रदेशको  छ। 

कुन प्रदेशको बजेट कति ? 

प्रदेश १

प्रदेश १ को सरकारले ४० अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ। चालू आर्थिक वर्षका लागि ३५ अर्ब ९३ करोड रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ४० अर्ब बढीको बजेट ल्याउने तयारी गरेको हो।

प्रदेश २

प्रदेश २ को सरकारले आर्थिक वर्ष २०७६/७७ को राजस्व तथा व्ययको अनुमान (बजेट) आज असार १ गते प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ। बजेटको आकार करिब ३५ अर्बको हाराहारी हुने जनाइएको छ। चालू आर्थिक वर्षका लागि २९ अर्बको बजेट आएको थियो। 

प्रदेश ३

प्रदेश नम्बर ३ सरकारले आगामी आर्थिक बर्ष(आव) २०७६/७७ का लागि करिब ५० अर्ब रुपैयाँको बजेट ल्याउँने भएको छ। प्रदेश ३ सरकारले सुरुङमार्ग, चक्रपथ, स्वास्थ्य प्रतिष्ठान र विद्युतीय सवारीसाधनलाई प्राथमिकतामा राखेको छ । प्रदेश नम्बर ३ सरकारले चालू आव २०७५/७६ का लागि ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँको बजेट ल्याएको थियो। 

 गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि करिब ३२ अर्बको बजेट ल्याउने भएको छ । चालू आर्थिक वर्षमा सरकारले २४ अर्ब २८ करोडको बजेट ल्याएको थियो । 

प्रदेश ५

प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्बको हाराहारीमा बजेट ल्याउँने भएको छ। अर्थ मन्त्रालयको जिम्मेवारीसमेत समालेका मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्नेछन् । यो प्रदेशले चालू आवका लागि २८ अर्बको बजेट ल्याएको थियो ।

कर्णाली प्रदेश

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ३३ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ। चालू आर्थिक वर्षमा प्रदेश सरकारले २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट ल्याएको थियो।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि करिब २९ अर्बको बजेट ल्याउने तयारी गरेको छ। चालू आर्थिक वर्षका लागि उसले २५ अर्ब ६ करोड ५६ लाख १४ हजारको बजेट ल्याएको थियो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।