मंगलबार, साउन २६, २०८३

१९ डीआइजीको सरुवा, प्रदेश प्रमुख पनि फेरिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- गृह मन्त्रालयले १९ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) सरुवा गरेको छ । मन्त्रालयले सातवटै प्रदेशका प्रहरी प्रमुख पनि परिवर्तन गरेको छ ।
 
गृह मन्त्रालयद्वारा जारी सूचीअनुसार प्रदेश–१ मा ठाकुर ज्ञवाली, प्रदेश–२ मा प्रद्युम्न कार्की, प्रदेश–३ मा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद घिमिरे, प्रदेश–५ मा सुरेशविक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्साललाई सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयको योजना अन्वेषण निर्देशनालयमा केदार रिजाल, भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेष ब्युरोमा हरिबहादुर पाल, अख्तियारमा कमल जिटि र महिला बालबालिका सेवा निर्देशनालयमा पिताम्बर अधिकारीलाई लगिएको छ ।

यसैगरी दानसिंह बोहरालाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा, दीपककुमार थापालाई राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयमा, विश्वराज पोखरेललाई प्रहरी महानिरीक्षकको निर्देशनालयमा, महेन्द्रकुमार पोखरेललाई प्रहरी प्रधान कार्यालयको वृत्ति विकास निर्देशनालयमा सरुवा गरिएकाे छ । 

त्यस्तै महेशविक्रम शाहलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा, सुरज केसीलाई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा र सूर्यप्रसाय उपाध्यायलाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय, गौचरमा सारिएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।