मंगलबार, साउन २६, २०८३

नेपाल प्रहरी र सशस्त्रका डिआइजीको सरुवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– नेपाल प्रहरीका डिआइजीको सरुवा गरिएको छ। नेपाल प्रहरी मुख्यालयले आइतबार उनीहरुको सरुवा गरेको हो। 

योजना अन्वेषण निर्देशनालयमा केदार रिजाल, प्रदेश एकमा ठाकुर ज्ञवाली, दुइमा प्रद्युम्न कार्की, तीनमा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा बिनोद शर्मा घिमिरे, पाँच सुरेशबिक्रम शाह, कर्णाली प्रदेशमा  पुर्णचन्द्र जोशी, सुदूरपश्चिम प्रदेशमा तारिणी लम्साल, भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेष ब्युरोमा हरीबहादुर पाल, अख्तियारमा कमल जिटि, महिला बालबालिका सेवा निर्देशनालयमा पिताम्बर अधिकारी सरुवा भएका छन्।

यस्तै सशस्त्र प्रहरी बलका डिआइजीहरूको पनि सरुवा गरिउको छ। सशस्त्र प्रहरी हेडक्वार्टरले सात जना डिआइजीहरुको सरुवा गरेको हो।

एक नम्बर प्रदेशमा नगेन्द्र थापालाई पठाइएको छ। दुई नम्बर प्रदेशमा राजु अर्याल, तीन नम्बर प्रदेशमा चिरञ्जीवी अधिकारी, पाँच नम्बर प्रदेशमा नारायणदत्त पौडेल,  कर्णाली प्रदेशमा प्रजाभक्त श्रेष्ठ, सुदूरपश्चिम प्रदेशमा  गोविन्द क्षेत्री, उपत्यकामा चन्द्रप्रकाश गौतम सरुवा भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।