मंगलबार, साउन २६, २०८३

काठमाडौंमा वर्षकै उच्च तापक्रम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– अधिकतम तापक्रम वृद्धि भएसँगै काठमाडौं उपत्यकामा यो वर्षकै बढी गर्मी महसुस गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दुई दिनदेखि काठमाडौंको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस रहेको छ। शनिबार काठमाडौंको अधिकतम तापक्रम ३३ र न्यूनतम तापक्रम १९ दशमलव ४ डिग्री पुगेको छ। हिजो शुक्रबार काठमाडौंको अधिकतम ३३.५ र न्यूनतम १९ डिग्री सेल्सियस थियो। काठमाडौंको तापक्रम वर्षको उच्च भएकाले गर्मी बढेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए।

उनका अनुसार केही दिनयता बाहिरबाट कुनै पनि मौसमी प्रणाली नआएको र स्थानीय बादल पनि राम्रोसँग विकसित नभएकाले गर्मी बढेको हो। अझै दुई दिनसम्म गर्मी बढ्नेछ । अबको तीन÷चार दिनपछि देशको पूर्वी क्षेत्रबाट विस्तारै मनसुन सक्रिय हुने मौसमविद् नगरकोटीको भनाइ छ।

आज सबैभन्दा बढी अधिकतम तापक्रम दिपायल, भैरहवा र नेपालगञ्जको समान ४३, धनगढीको ४२  तथा दाङको ३९ डिग्री सेल्सियस रहेको छ। यसैबीच आगामी तीन दिनसम्म देशका विभिन्न भेगमा बदली रही केही स्थानमा मेघगर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै महाशाखाले देशको पूर्वी तथा मध्य भू–भाग र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही एक/दुई स्थानमा वर्षाको सम्भावना औँल्याएको हो। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।