जनकपुरधाम- लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्न आव्हान गरेको विज्ञापन विभेदकारी रहेको भन्दै विद्यार्थीहरुले सप्तरीको राजविराजमा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको पुतला जलाएको छ।
नेपाल विद्यार्थी संघ, राष्ट्रिय विद्यार्थी संघ, समाजवादी विद्यार्थी फोरम, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनले आयोगका अध्यक्ष मैनालीको पुतला जलाएका हुन्।
आन्दोलनरत विद्यार्थी संगठनहरुले मैनालीको राजीनामा, विज्ञापन रद्द गर्न र समावेशी सिद्धान्तको आधारमा विज्ञापन आव्हान गर्न माग गरेका छन्। साथै उनीहरुले विज्ञापनविरुद्ध चरणवद्ध आन्दोलनको घोषणासमेत गरेका छन्।
आयोगले संघीयता, समावेशी तथा समानुपातिक सिद्धान्तविपरित निकालेको विज्ञापन नसच्चाएसम्म सडक आन्दोलन जारी रहने चेतावनी विद्यार्थी संगठनहरुले दिएको छ।
जिल्ला समन्वय समितिको प्राङ्गणबाट निस्किएको पुतलासहितको जुलुस नगरको विभित्र भागको परिक्रमा गरी नेता चोक पुगेर कोणसभामा परिणत भएको थियो। यसैगरी चरणवद्ध आन्दोलनको कार्यक्रमअनुसार आइतबार राजविराजमा मशाल जुलुस प्रदर्शन गरिने विद्यार्थी संगठनहरुले जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४